यहि मार्च १२ देखि १४ तारिख ललितपुरको हेरिटेज गार्डेनमा नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको दोस्रो सम्मेलन भव्यताका साथ सम्पन्न भएको खबर प्राप्त भएको छ ।
प्रेरित १३ः४७ अनुसार “मैलेे तिमीलाइ गैरयहूदीहरूका निम्ति ज्योति बनाएको छु ताकि तिमीले पृथ्वीको सीमान्तसम्मै उद्धार ल्याउन सक” मार्गनिर्देशनको रूपमा रहेको यस सम्मेलनमा बीसभन्दा बढी राष्ट्रका १,२०० जति नेपाली भाषी इसाइहरूको प्रतिनिधित्व रहेको थियो, जसमा नेपाल, भारत, भुटान, अमेरिकाबाट सबैभन्दा बढी र अन्य राष्ट्रबाट सहभागिता रहेको थियो ।
सम्मेलनमा विगत ६ दशकदेखि सेवारत पाष्टरहरू, दोस्रो पुस्ताका अगुवाहरूदेखि लिएर अमेरिकामा डाल्लास थियोलजिकल सेमिनारीका इश्वरशास्त्रका प्राध्यापक डा. रमेश रिचार्ड अनि पछिल्लो पुस्ताका अग्रजहरूको सम्बोधन रहेको सम्मेलनमा विभिन्न विषय र िवशेषज्ञता प्रस्तुत भएको थियो ।
समग्रमा, सम्मेलनको अायोजना तथा व्यवस्थापन पक्ष राम्रै रहेको थियो ।
तर कार्यक्रम, प्रस्तुति तथा वक्ताहरूका सन्दर्भमा भने केही फरक मतहरू पाइयो । यति महत्वपूर्ण सम्मेलनमा हलुका ठट्टा रमाइलोमा मात्रै समय बिताउनुभन्दा समूह समूह बनाइ रणनीतिक छलफल र योजना गर्न सकेको भए उत्तम हुन्थ्यो भन्ने कतिपय सहभागीहरूको धारणा पाइयो भने, विदेशी वक्ताभन्दा नेपाली वा यसै क्षेत्रका वक्ताको प्रस्तुति बढि सान्दर्भिक र प्रभावकारी रहेको टिप्पणी पनि सुनियो । कतिपय वक्ताले भने समय सीमाको ख्यालै नराखी दुइ घण्टासम्म समय लिइदिँदा, ध्यान कायम गर्न कठिन भएको थियो । त्यसैगरी, अाफैँ अायोजक, अाफैँ सम्मान कदर प्रापक रहनु त्यति शोभनीय नरहेको टिप्पणी समेत अाएका थिए ।
जे होस्, देशभित्रबाट ख्रिष्टियन समाजको व्यापक खटाइ, अमेरिकातिराटको अार्थिक लगानी, अनि सबै पक्षको अाशा अपेक्षासहितको सहभागितद्वारा समग्रमा सम्मेलन सफल र अाशिषित रहेको छ ।
अन्त्यमा, अबको दुइ वर्षपछि, थाइल्याण्डमा यसको तेस्रो संस्करणा अायोजना गर्ने निर्णयका साथ, राष्टहरूका लागि प्रार्थना गर्दै, विश्व सम्मेलन सम्पन्न भएको छ ।
Thank you all for your prayer and support. This is final celebration of 2nd GNSCF- Nepal 2019.
Posted by Global Nepali Speaking Christian Fellowship on Thursday, March 14, 2019
Discussion about this post