तपाई सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ ।

[ 0 ] February 24, 2019 |

लूका २: २१-४०
मण्डलीमा विश्वासीहरूको लागि असल महाजनले ठूलो उदाहरण प्रस्तुत गर्नसक्छ । नेपाली समाजमा, मण्डलीमा उदाहरणीय प्रकारको नमूना योग्य राजनेता साथै राजकिय पुजाहरीगिरीको खालीपन महशुस भएको आभाष भएको हुनसक्छ । तपाई त्यो व्यक्ति बन्न सक्नुहुन्छ ।
कैयौ पल्ट मानिसहरूले भन्ने गर्छन् कि हुटिट्याउँले सागर थाम्दैन । राजकिय पुजाहारीगिरी साथै राजनेता तपाई बन्न सक्नुहुन्छ । अगमवक्ताहरूको जीवन पनि यस्तै प्रकारले आजको पुस्ताहरूको जस्तै थियो । यसकारण पनि परमेश्वरमा सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ । परिवर्तन आफैबाट शुरु गर्नुपर्छ ।
सिमियोन नाउँ भएका व्यक्ति यरुशलेममा थिए । लूका २: २५ ले यसरी लेख्दछ कि उनी चाहि सान्त्वना को आशा गर्ने व्यक्ति , धर्मी र भक्तजन थिए । उनी माथि पवित्र आत्मा आउनु भएको थियो । भक्तजनमाथि रहेको आशा पनि यहि हो कि येशूलाई देख्ने । परमेश्वरले यस्तो प्रतिज्ञा पुरा गरिदिनु भयो । येशूलाई उनले मन्दिरमा भेटे । उनले येशूलाई काखमा लिई धन्यवाद दिए भनेर लेख्दछन् । तपाई पनि शिमियोन जस्तो बन्न सक्नुहुन्छ । जस्ले धेरैको लागि जीवनको स्रोत बन्न सक्नुहुन्छ ।
प्रार्थना : हे येशू मलाई जीवनमा यस्तो व्यक्ति बनाउनुहोस , कि मानिसले ममा आशा पाउन र धर्मी साथै महाजन देख्न सकुन् ।

-हर्क खडका, ललितपुर
हिमालय टेक्‍नोलोजी सोलुसन्स् प्रालि

Photo by Sarju Rijal
Facebook Comments

Category: Articles, Bible Study & Teaching, NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4