अचम्मको जीवन प्रदान

[ 0 ] February 20, 2019 |

लूका १: ५६-८०

एकजना बालकको नामाकरण गर्ने वित्तिकै तिनका पिताको मुख खुल्यो । त्यसपछि तिनले परमेश्वरको प्रशंसा गरे (पद ६४) ।
यो अनौठो कार्य यूहन्नाबाट प्रदर्शन भयो । जकरियाले आफ्नो छोराको नाउँ ‘यूहन्ना’ भनी पाटीमा लेखिदिए । यो घटनाक्रमले ठूलो रूप लियो । यहूदियाभर यसको चर्चा भयो । मानिसहरूमा डर छायो । जकरियाको परिवारमा यस्तो नाम भएको व्यक्ति थिएनन् । तपाईंलाई परमेश्वरले अचम्मको जीवन दिनुभएको छ । तपाईं परमेश्वरमा आएपछि मानिसहरू र परिवारमा अचम्म भएको होला । परमेश्वरले तपाईंलाई विभिन्न दान वरदान दिनु भएको होला । परमेश्वरको वचन तपाईंले घोषणा गर्नुहुन्छ, मानिसहरूलाई प्रार्थनाद्वारा चङ्गाइ गर्नुहुन्छ । मलाई साँच्चै अचम्मको जीवन दिनुभएको छ । यूहन्ना जस्तै सर्वोच्चका परमप्रभुको अगमवत्ता बनाउनुभएको छ (पद ७६) । परमप्रभुको मुक्ति र उद्धारको घोषणा जाति-जातिको बीचमा पुर्‍याउनको लागि अचम्मको जीवन दिनुभएको छ (पद ७७) । मलाई परमेश्वरले अचम्मको जीवन दिनुभएको छ ।

प्रार्थना: हे येशू मलाई दिनुभएको अचम्मको जीवनको निम्ति धन्यवाद । ममा भएको मूल्यलाई सही रूपले प्रयोग गर्न सिकाउनुहोस् ।

-हर्क खडका, ललितपुर।
हिमालय टेक्‍नोलोजि सोलूसन्स् प्रालि

Photo by Sarju Rijal
Facebook Comments

Category: Articles, Bible Study & Teaching, NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4