डरबाट विजय पाउन सकिन्छ ।

[ 0 ] February 15, 2019 |

लूका१: ५-२५

परमेश्वरका स्वर्गदूतले नडराउ भनेर जकरियालाई भन्नुभयो । मानिसहरू विभिन्न प्रकारका डरहरूबाट ग्रसित हुन्छन् । मैले तिन महिना देखि हवाई यात्रा गर्न डर लागिरहेको थियो । मानिसहरूलाई विभिन्न किसिमका डरहरू लाग्न सक्छन् ।

जकरिया र एलिसिबा जस्तै मानिसहरुलाई पारीवारिक सन्तान जन्माउने, हुर्काउने र उमेर को डर पर्न सक्छ । जकरिया जस्तै धर्मी मानिसलाई यस्तो डर थियो । उनीहरू सँग सन्तान थिएन । धार्मिक मानिसहरूलाई डर हुदैन भन्ने हुदैन भन्ने होइन । कुनै पनि नयाँ काम परमेश्वरले गर्न लाग्नु भयो भने पनि हामीलाई डर लाग्न सक्छ । परमेश्वरले मन्दिरको सेवाको लागि जकरियालाई चुन्नुभयो । परमेश्वरको मन्दिरको सेवा गर्दा मानिसहरूको भिडहरूको प्रार्थना भइरहेको थियो । जकरिया आत्तिएका साथै भयभित भएका पनि थिए । परमेश्वरले नियुक्त गरेपछि यस्तो डर आयो । यस्तो डरबाट परमेश्वरले विजय दिनुहुन्छ । स्वर्गदूतले भने उनलाई भनेझै हामीलाई पनि नडराउ भन्नुहुन्छ । हामीले परमेश्वरमा विश्वास गर्नुपर्छ ।

प्रार्थना : हे येशू मलाई डरबाट छुटाउनुहोस् ।

It was taken from Brichet Dhading. Photo by Sarju Rijal

लेखक -Harka Bahadur Khadka, Lalitpur
हिमालय टेक्‍नोलोजी सोलुसन्स प्रालि, ललितपुर

Facebook Comments

Category: Articles, Bible Study & Teaching, NC Photos