कसले त्यसको जोखिम र/वा जश उठाउने ?

[ 0 ] January 27, 2019 |

यो हप्ता अलि अनाैठो फेसबुक पोस्ट वा स्टाटस पढ्ने माैका मिल्यो ।

(https://www.facebook.com/photo.php?fbid=10213738319672864&set=a.1187976100191&type=3&theater) र योः (https://www.facebook.com/photo.php?fbid=10213738313872719&set=a.1187976100191&type=3&theater)
अनि त्यसमाथि अाएका टिप्पणी पनि यात हाँसो उडाउने या त व्यक्तिगत असन्तुष्टिका राग अलाप्ने, या त कुरा नबुझेझैँ बहाना गरेका, वा जश लिने प्रयत्न जस्ता भाव दिने, संक्षेपमा भन्नुपर्दाः अविश्वास र नकारमा बढी थिए ।

हो, कुरा एनसिएसका अाउटगोइङ महासचिवज्युले पोस्ट गर्नुभएका दुइवटा घोषणा वा अाह्वान वा जानकारीको, जुन माथिका २ वटा लिंकमा अझै पनि छँदैछन्, र एक पटक सार्वजनिक गरेपछि हटाउनु नपर्ला भन्ने अाशा पनि गरेको छु । र तलका मेरा अवलोकन र टिप्पणी नितान्त व्यक्तिगत हुन्, समुदाय वा संगठनको तर्फबाट होइनन् ।

वास्तवमा, चर्च समुदायभित्र काम गर्ने एनसिएफ (एन) छँदैछ, मिडिया, वक्तव्यवाजी र सरकारी निकायसँग कसैगरी कुरा राख्ने, वा राजनीतिक पाटोमा बढी सक्रिय ख्रीष्टियन महासंघ छँदैछ । यसकारणा, यस्तो अवस्थामा एनसिएस खासमा के र किन चाहियो त ? अर्को संगतिको मञ्चकै लागि त यसभन्दा अगिदेखिका गोठालो र अगुवा तथा विभन्न भेटघाट संगतिहरू छँदैछन् नि । सदस्यता शूल्क तिरेर, वार्षिक बजेट बनाएर किन चर्चमाथि भार ? भन्ने धारणा नसुनिएका होइनन् ।

सायद अब यसबारेमा एनसिएसले, कुनै बेलाको अावश्यकता जे जस्तो भए नभए तापनि, बद्लिएको परिस्थितिमाचाहिँ अलि सक्रिय, अाक्रामक, जिम्मेवारपूर्ण, अर्थात् सामाजिक राजनीतिक क्षेत्रमा पनि संगठित हुने हो कि भन्ने कतै अाशा त कतै शंका पलाएको छ, पाउनु स्वभाविकै पनि छ । नत्र त कथित अात्मिक नम्रताको नाममा केही लेख्न ,बोल्न, टाँस्न, ब्यानर फहराउन, भेट्न, डराउने, अनि हैसियत र नेतृत्व दिन लजाउने । सधैँ यसरी रहिरहनुको अर्थ छैन ।

हो, यसरी अगि बढ्दा प्रश्न, मजाक, विरोध, नचिनेको वा नबुझेको अभिनय गर्ने स्वरहरू अवश्य अाउँछन् । तर त्यसो गर्ने व्यक्ति वा समुदायले पनि त केही हदसम्म मान्य नेतृत्व दिन सकेको पाइँदैन । जसरी सबैप्रति शंकाको लाभ र भविष्यमा असलै गर्ला भन्ने अाशा गरिन्छ, त्यही लाभ र अाशा एनसिएसलाइचाहिँ दिन मिल्दैन, दिनुहुँदैन, नदिउँ, कसैले नदेअोस्, जस्ता अन्यायपूर्ण वा एकपक्षीय वा अाफ्नो विचार फ्याट्ट दिएपछि यसै जिम्मेवारी सकियो भनी रमाउने मानसिकता अब ग्राह्य छैन ।

रह्यो कुरा कतिपय समूहबाट निस्केर अाउनु भएका जनका लागि स्पेसको । इतिहास साक्षी रहनेगर्छ, व्यक्तिले क्षमा दिए तापनि नियमले प्रायश्चितको माग गर्छ । उहाँहरूले पनि यसमा, यतिको लचकता पाउनुलाइ नै एक हदसम्मको अनुग्रह मानी, संयमतापूर्वक अगि बढी, समयलाइ केही समय दिएर, निको हुन, विश्वासको वातावरण अाफैले सृजना गर्न केही बलिदान गर्नुपर्छ ।

होइन, अझै पनि खासमा अाफ्नो अस्तित्वबोध, जिम्मेवारी, समर्थनको जनाधारमाथि अाँट र विश्वास छैन भने, एनसिएस विगठन गरेर सिधै दलीय वा चर्चसम्बन्धी कार्यमा प्रवेश गर्दा उचित हुन्छ । अर्थात्, महासंघको चर्च समुदायभित्र जरा र पकड नहुनु, एनसिएफएन चर्चभित्रै मात्र केन्द्रित हुनुले, एक अर्को धार, राजनीतिक धारको बाटो अझै पनि खुल्ला राखेको छ । यस क्षेत्रमा बोध, बिँडो थाम्ने, दर्शन, अध्ययन, क्षमता, लगाव भएका, समुदायभित्र र बाहिरबाट पनि ग्रहण र पत्यार प्राप्त गर्न सक्ने जनको सामुहिक नेतृत्वमा यो धारको बाटो निक्कै उज्जवल देख्दैछु । तर चर्च समुदायलाइ भोट बैंक मात्रै ठान्ने नाइभिटीचाहिँ नलिइियोस् ।

के यति कुरा गरिरहनु उपदेश वा पाण्डित्य छाँट्न हो र ? के यसो गर्दा तारो र विरोधको पात्र बनिने जोखिम रहँदैन र ? थाहा छ, तर देख्नु हेर्नु पनि त पर्छ, खासमा हाम्रो, हामी हर एकको अनि समुदायको धारणा के छ, के बनाएका छाैँ । नत्र यसै भइरहोस्, पछि जुन दलबल बलियो हुन्छ त्यसकै पछि लाग्ने भन्ने प्राग्माटिक अप्रोच लिनुपर्यो, जसको अर्को नाम हो अवसरवाद वा प्रिन्सिपल अभ एक्सपिडएन्सी (the principle of expediency- pragmatism- opportunism) ।

सबैको नभए तापनि धेरैको, अधिकांशको, बहुमतको साथ पाएको अभियान अाजको
अा वश्यकता हो ।

– Bidur Adhikari

प्रश्न छः कसले त्यसको जोखिम र/वा जश उठाउने ?44

Facebook Comments

Category: Articles, On the Media