िनर्माता, लेखक अभियन्ता तथा अभिनयकर्ता अजय कुमार सिन्तानको चलचित्र नयाँ सृष्टि दक्षिण कोरियाको फुल गोस्पल चर्चमा प्रदर्शन भएको छ, जहाँ दर्शकहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया अाएको छ ।
यस्तो चलचित्र हेर्न पाकोमा अाशिषित भएको बताउँदै उहाँहरूले यस्तो मूभि अवश्य हेर्न पनि अाम जनमानसमा अनुरोध गर्नुभएको छ । निर्माता सिन्तान एक महिना लामो कोरिया भ्रमण र प्रमोसनल कार्यक्रम अन्तरगत हाल द. कोरियामा हुनुहुन्छ ।
यहाँ उपत्यकाका विभन्न चर्चहरूमा जहाँ पहिले अन्य कुनै चलचित्र प्रदर्शनका लागि अनुमति मिलेको, दिइएको वा चर्च नेतृत्वले विश्वास गरेको, गर्न सकेको थिएन, त्यहाँ यो चलचित्र प्रदर्शन गर्न अनुमति मिली प्रदर्शन पनि भइसकेको उहाँले बताउनुभएको छ ।
कोरियामा पनि प्रेस्बिटेरियन चर्चले मन पराइ उक्त चलचित्र प्रदर्शन र उहाँको जीवन गवाही समेत प्रस्तुत गर्न उहाँलाइ निमन्त्रणा गरेर यो सबै कार्यक्रम सम्भव बनाइदिएको बताउनुभएको छ ।
उक्त चलचित्रका निर्देशक जिमी किराँत राइ हुनुहुन्छ जसले अरू पनि थुप्रै चलचित्र र म्युजिक भिडियोमा अाफ्नो निर्देशक सृजनशीलता प्रदर्शन गरिसक्नुभएको छ ।
Posted by Ajay Kumar Sintan on Tuesday, January 1, 2019
Discussion about this post