“सबैलाई गणना गरौं” – कथा

[ 0 ] December 27, 2018 |

Jyoti Chapai

कथा

हिजआज प्रायः ख्रीष्टियनहरू निम्न कुरामा लागेको भेेटे – कोही क्रिसमस रुख सजाउन त कोही केक बनाउन; कोही क्यारोलको रमाईलोमा र कोही क्रिसमसको विदा मनाउने बन्दोबस्तो मिलाउन ।
एका घरकी श्रृजनामा भने यस क्रिसमसको सिजनमा पनि कुनै परिवर्तन देखिदैन । न त उनलाई कसैले सोच्न भ्याएका छन् । उनी सदा झै आज पनि लोक शान्ता निवासको पछाडी पट्टीको अति सामान्य कोठामा छिन् । हुनत: उनी पनि लोक शान्ताकी आफ्नै पहिलो संतान हुन तर पनि उनको अपाङ्गताले गर्दा भनौ वा मानिसहरूको अन्य प्राथमिकताले, उनीलाई वास्ता गर्नेहरू कोही छैनन् झै लाग्छ । यतिसम्म की उनी आफ्नै अभिभावकवाट समेत टाढा भएको झै देखिन्छिन् ।
श्रृजनाको वुवा र आमाले येशूमा विश्वास गरेको झण्डै एक दशक भईसक्यो । श्रृजनाको खुट्टामा भएको अपाङ्गताको कारणले उनीहरू पहिलो पटक मण्डली गएका थिए । उनी जन्मेको बर्षदिन पूरा हुदाँसम्म पनि गोडा नचलेपछी उनका आमा वुवा धेरै निरास भएका थिए । छोरीले खुट्टा टेकी हाल्छिन् कि भनेर वुवा आमाले उनलाई विभिन्न अस्पताल पुर्‍याए, नाम चलेका चिकित्सकसंग जाँच गराए । सबै प्रयास निर्रथक भएपछी लोक र शान्ताले उनलाई संन्चो भईहाल्छ कि भनेर मण्डली लगेका थिए । मण्डलीका पास्टर, अगुवाहरूले लोक शान्ता प्रति धेरैै आत्मियता दर्शाउनु भयोे । उनीहरू विश्वासीहरू संगको संगतिवाट आनन्दित भएको महसुस गरे । फलस्वरुप उनीहरू निरन्तर संगति मा सहभागी भइरहे । प्रार्थनावाट श्रृजनाकोेे शारीरिक अपाङ्गता निको त भएन तर उनको परिवारमा विषेश आषिश प्राप्त भएको थियो । श्रृजनाका दुइजना भाइ-बहिनी अर्थात उनको आमा वुवाका थप दुइ सन्तान भए र ती दुबै साङ्गो अवश्थाका छन् ।
आज श्रृजनाका भाई-बहिनीहरू नयाँ पोशाकमा सजिएका छन् । लोकले श्रृजनालाई विर्से कि क्या हो ? तरपनि श्रृजना शान्त छिन्; ताल झै स्थिर, हिमाल झै कंचन र चट्टान झै अटल । उनले आफ्नो हक नबुझेर हो या साह्रै ज्ञानी बनेर ; नयाँ पोशाक नपाउँदा पनि उनमा कुनै आपत्ति देखिदैन् । चाहे अरुले वास्ता गरुन् या नगरुन् उनमा केही फरक पर्दैन । उनी सधै आनन्दित देखिन्छिन् । आमावुवाले कोठामा ल्याएइदिनु भएको साँझ विहानीको खाना, बाथरुम जान तथा हप्ता दिनमा उनको व्यक्तिगत सरसफाईको लागि पुर्‍याउनु भएको सहायतामा श्रृजनाले पूर्ण सन्तोष मानेका छन् । उनका आफन्तहरू, घरमा आउने पाहुनाहरू सबैले लोक, शान्ता तथा उनका भाई बैनीहरूलाई भेटछन् । उनलाई घरमा आउनेहरू मध्ये थोरैले मात्र सोध्छन् । कतीले त सायद विर्सिसकेछन् की क्या हो, श्रृजना पनि घरको सदस्य हुन भनेर ।
आज लोक शान्ता निवासमा क्रिसमसको संगति छ । छिमेकमा रहेका विश्वासीहरू तथा चिनजान भएका साथीहरूलाई निमन्त्रणा गरिएको छ । लोकले आएका जतिलाई १, २, ३, ४, …. गरी मनमनै गणना गर्छन् । प्रायः सबै उपस्थित भईसकेका रहेछन् । आज धेरै महिनाको अन्तरालमा लोक शान्ता निवासमा क्रिसमस विशेष संगतिको निम्ति मण्डलीका पाष्टर लगाएत एल्डर र डिकनहरू सबै आउनु भएको छ ।
“आमा श्रृजना दिदीलार्इर्र्संगतिमा नल्याउने -“, लोक तथा शान्ताकी सानी छोरी सरलाले सोधिन् । “चुप लाग् ! तिमी आफ्ना साथीहरू संग बस न संगतिमा, उसलाई किन ल्याउनु पर्‍यो अहिले”, शान्ताले सरलालाई अली रुखो स्वरमा भन्छिन् । एल्डरले प्रार्थना गर्नुहुन्छ र संगति शुरुहुन्छ । उपस्थित विश्वासीहरूले भजन गाउन थाल्छन् । आमन्त्रित व्यक्तिहरूले पनि विश्वासी भाका मिलाउने प्रयास गर्छन् । श्रृजना आफ्नै कोठा सम्म गुन्जिएको संगितमा रमाउँछिन् । उनलाई पनि संगतिमा जान मन लाग्छ र अरु संग संगै भाका मिलाएर गाउन मन लाग्छ । संगतिमा धुन बज्छ र गीत गुन्जन्छ “अर्ध निशामा लिई सुसन्देश, दीन बनी आयौ हामी त्रि्रै दुवारमा…..” ।
पाष्टरले बचनवाट पढ्नुहुन्छ, “यूहन्ना ३:१६ – किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो….. ” । वचन पढिसकेपछी पाष्टरले लोक शान्ताका सम्पूर्ण परिवार सदस्यहरूको निम्ति प्रत्येकको नाम लिदै प्रार्थाना गर्नुहुन्छ । सबैले आमेन भने लगत्तै सरलाले सोध्छिन् “पाष्टर अंकल श्रृजना दिदी पनि हाम्रो परिवारको सदस्य हुन नी, उनलाई प्रार्थना सम्झनु भएन त ।” सरलाको भनाईले पाष्टरलाई केही बिराएको झै लाग्यो । लोक तर्फहेरेर सोध्नुहुन्छ, “ए हो त साच्चै, श्रृजना खै काँहा छिन् -” लोक र शान्ता मुखामुख हेर्छन् र लोकले अकमक्किदै भन्छन्, “ऊनी यहाँ आउन नसक्ने हुदाँ तल कोठामा नै छिन्” ।
“हामीले भर्खर पढेको वचन अनुुसार परमेश्वरले श्रृजनालाई पनि हामीलाई जस्तै प्रेम गर्नुहुन्छ । हामी लगाएत श्रृजना सबैले येशूमा अनन्त जीवन पाउछौं ।”, पाष्टरले लोक शान्ता लगायत उपस्थित सबैलाई केही समय पहिले पढेकोको वचन बुझाउनुहुन्छ । “यदी श्रृजनालाई यहाँ आउन मन लागेको छ भने लिएर आउनुहोस् लोक भाइ ।” पाष्टरले भन्नु भएपछी लोकले श्रृजनालाई लिएर आउछन् । सबैको ध्यान श्रृजनातिर जान्छ । सरलाले आफु नजिकै बस्नेठाउँ बनाइदिन्छिन् । “दिदी यहाँ आऊ” । आफ्नो वुवाको सहायतावाट श्रृजना सरला नजिक बस्छिन् । श्रृजनाको उपस्थितिले संगति अझै आनदित हुन्छ । सबै रमाउँछन् र पाष्टर लगाएत उपस्थित सबैजनाले भबिष्यमा हुने संगतिमा श्रृजनालाई अनिवार्य रुपमा गणना गर्ने बाचा गर्छन् ।

लेखक: ज्योति चपाई
हाल: नख्खु, ललितपुर, २७ मंसिर २०७५

Facebook Comments

Category: Articles, Story