क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

[ 0 ] December 24, 2018 |

क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी  क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ ।

क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति परमेश्वरको बागी बन्यो । अब परमेश्वर धर्मी, पवित्र र न्यायी हुनुहुन्छ । उहाँले पापको दण्ड दिनु नै पर्छ । वा त्यसको लागि कुनै व्यवस्था गर्नुपर्छ । उहाँले असीम प्रेममा, अर्कै व्यवस्था गर्नुभयो । त्रिएक परमेश्वरमा पुत्र परमेश्वर मानव बनी जन्म लिनुभयो, र मानव जातिको पाप अाफूले लिनुभयो, र यसरी परमेश्वरको धार्मिक पवित्र विधान पूरा गर्नुभयो ।

क्रिसमसको वास्तविक कथा यही हो ।

यो महान् प्रेम र स्वीकारको कथा बुझ्न र ग्रहण गर्न हामी सबैले सकाैँ, मेरो प्रार्थना र शुभकामना छ, करबल त होइन ।

Merry Christmas!

 

Facebook Comments

Category: Devotion, Movies, Multimedia, Others, Sermons, Sermons/Teachings, ख्रीष्टमस शुभकामना