विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण

[ 0 ] December 21, 2018 |

विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण

यही पौष १ र २ गते  लामाचौर चर्च, पोखराको आयोजनामा जि.आर. नेपाल काठमाडौंद्वारा ख्रीष्टमसको अवसर पारेर तनहुँको ओडारे र कास्कीको माझकुनामा प्रतिपरिवार एक–एक वटाका दरले न्यानो ब्ल्याङ्केट वितरण गरिएको छ । पौष १ को कार्यक्रमबाट ओडारे, शिखरथुम र राम्चेका ४५ चेपाङ परिवार लाभान्वित भएका छन् ।

 

उक्त ब्ल्याङ्केट पाउँदा वृद्ध गोविन्द चेपाङ लगायत परिवारहरु अति हर्षित भएका छन् । साथै पोखराको साबिक अर्मलाको माझकुना, ¥याले र खुरकोटका २१ परिवारका लागि पौष २ गते एक कार्यक्रम गरी ब्ल्याङ्केट वितरण गरिएको हो । त्यसैगरी पौष ३ गते गोरखा जिल्लाको हर्मी सापकोटा गाउँ निवासी ८३ वर्षीया असहाय दलित वृद्धालाई समेत न्यानो ब्ल्याङ्केट प्रदान गरिएको छ । यी कार्यक्रमबाट एकल महिला, वृद्ध लगायत विपन्न व्यक्तिहरु लाभान्वित भएको कुरा लामाचौर चर्चका मुक्ति ढकालले जानकारी दिए । वितरित ब्ल्याङकेटमा जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने विशेषता छ ।

 

Facebook Comments

Category: News & Events