पाँच महिने ब्यवसायिक तालीमको ४२ औं दिक्षान्त सभा भब्यताका साथ सम्पन्न

[ 0 ] December 19, 2018 |

२०१८ दिसेम्बर १४ तारिखका दिन आई. एन नेर्टवर्क नेपाल अर्न्तगतको महिला श-शक्तिकरण परियोजनाद्वारा संचालित ५ महिने आवासिय ब्यवसायिक तालीमको दिक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो ।
यस कार्यक्रमको प्रमुख अतिथी बेथशालोम चर्चका श्रीमती शोभा स्थापितज्यूबाट भएको थियो भने कार्यक्रमको सभापतित्व आई एन. नेपालका उपाध्यक्ष श्री प्रेम सुब्बा ज्यूले गर्नुभएको थियो ।
दिक्षान्त समारोहमा २१ जना छात्राहरुलाई प्रमाण-पत्र, सिलाई मिशिन हस्तान्तरण गर्नुका साथै आफुले ५ महिनासम्म सिकाई गर्दाको विभिन्न सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियोे ।
दिक्षान्तित् छात्राहरुले आफूले सिकेका महत्वपूर्ण सीप र ज्ञान हाँसिल गरेको कुरा उपस्थित भेलालाई बताएका थिए । यस तालिममा सहभागीहरु १३ जिल्लाहरुबाट समावेेश भएका थिए । सो कार्यक्रममा दिक्षान्तितहरुले साँगितीक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अन्त्यमा दिक्षान्तित्हरुले आई. एन नेपाल परिवारलाई धन्यवाद दिएका थिए ।

 

Facebook Comments

Category: NC Photos, News & Events