बगैँचामा फुलहरुः गायक राजेस ‘आर डि’ राइको नयाँ क्रिसमस गीत

[ 0 ] December 18, 2018 |

नयाँ पुस्ताका लोकप्रिय गायक राजेश राइले बगैँचामा फुलहरु नामक क्रिसमस गीत ल्याएका छन् ।

यसै साता युटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतका गीतकार गोविन्द न्याैपाने हुन् भने एरेन्ज अामोस तामाङको, सम्पादन इसाक जबेगु र विवेक राइको रहेको छ । क्यामेरा र कम्पोज गायक राजेश राइले नै गरेका छन् भने म्युजिक भिडियोमा नृत्य गर्ने कलाकारहरूमा रतिश गिरी, सन्दिप बिक, रूबिना सुनुवार र  लक्ष्मी लामा रहेका छन् । गितको रेकर्डिङ किशोर थापाले गरेका हुन् ।

बिनिता मगर र रतिशको नृत्य निर्देशन  (Choreography) रहेको उक्त गीतको नृत्य छायंकन किर्तिपुर, चोभार लगायत ललितपुरका मनोरम स्ठानहरूमा गरिएको छ ।

स्मरण रहोस्, उपत्यकाका चर्चहरूको संयुक्त क्रसिमस महोत्सवमा पनि यही गीत गाएर राइले उपस्थित सबैलाइ प्रभुोको जन्मको खुशीयालीमा अझ डुब्न सहायता गरेका थिए ।

 गायनका साथै नायकको समेत भूमिका निर्वाह गर्ने राजेश राइका गीत कर्णप्रिय तथा नाचाैँ नाचाैँ लाग्ने हुँदछन्, जसको अपवाद यो क्रिसमस गीत पनि छैन । यस पालीको बडा दिन क्रिसमसमा यहाँहरू पनि यो गीत गाउँदै  प्रभुको महिमा गर्नुहोस्, नाच्नुहोस्, रमाउनुहोस्, आशिषित हुनुहोस् ।

 

Facebook Comments

Category: Hymns, Multimedia, music, Music Videos, ख्रीष्टमस शुभकामना