काठमाडौं- २५ कार्तिक। नोभेम्बर ११ अर्थात कार्तिक २५ गते आइतबारका दिन विश्व अनाथ दिनका रूपमा विश्वभरीका बुबा आमा बिहिन बालबालिकाहरूको लागि प्रार्थना गरेर मनाइन्छ। एकै दिन, एउटै आवाज र एउटै उद्देश्य भन्ने नाराकासाथ टुहुरा-टुहुरी बालबालिकाहरूको लागि सुरक्षा, हेरचाह र परिवारको संरक्षण हुनुपर्छ भनी प्रार्थनासाथ मनाउने गरिएको छ। टुहुराहरूको लागि ख्रीष्टियन अलायन्सले विश्वभरी एउटै सन्देश प्रवाह गरी प्रार्थना गराउने गरेको छ। नेपालमा पनि विभिन्न चर्चहरूमा, स्थानहरूबाट प्रार्थना गरिन्छ। टुहुरा बालबालिकाहरूको लागि प्रार्थना गर्न चाहनुहुनेहरूलाई आज कार्तिक २५ गतेका दिन विभिन्न चर्च, स्थानबाट प्रार्थना गर्न सक्नुहुनेछ।
एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ।
उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ,
तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्।
Psalms 68:6
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
Isaiah 1:17
Discussion about this post