असल छिमेकी नेपालको १६औं साधारणसभा तथा अधिवेशन सम्पन्न

[ 0 ] October 3, 2018 |

रामघाट पोखरा
यही असोज १४ गते असल छिमेकी नेपालले आफ्नो १६ औं वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. हरिराम घिमिरेले एभोकाडोको बेर्ना रोपेर सभाको उद्घाटन गरेका थिए। असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन, योजना र बजेट प्रस्तुत गरेका थिए। संस्थाका बारेमा बोल्दै उनले भने— “हामीलाई सुरुमा विभिन्न शंकाउपशंकाको दृष्टिले हेरिए पनि हाम्रो काम देखेपछि भने स्थानीय समुदाय र सरकारी निकाय दुवै पक्षको आवश्यकता बन्न सक्यौं।”
कार्यक्रममा नवआदर्शक क्लबका पूर्व अध्यक्ष सञ्जय अधिकारीले असल छिमेकी नेपालसँगको उठबसले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताए। त्यस्तै सगोलका निर्देशक राजकुमार रायमाझीले आफू अर्कै संस्थामा आवद्ध भए पनि असल छिमेकीको कामबाट निके प्रभावित भएको र आफू जहाँ गए पनि असल छिमेकीको उदाहरण दिने गरेको बताए। त्यस्तै आई.एन.एफ. नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले असल छिमेकी नेपालको पारदर्शिता अनुकरणीय पक्ष भएको उल्लेख गरे।


अधिवेशनले आगामी ३ बर्षका पुन नया कार्यकारीणी समितिको चयन गरेको छ जसमा अध्यक्षः भरत बहादुर गुरुङ, उपाध्यक्षः मुक्तिनाथ ढकाल,सचिवः प्रकाश भुजेल, कोषाध्यक्षः पुर्णलाल कायस्थ, सदस्यहरुमा क्रमशः रिचल घिमिरे, विष्णु कुमारी गुरुङ, दुर्गा गुरुङ, विन्दु राई, नर बहादुर परियार, मिन बहादुर गुरुङ, राम कुमार श्रेष्ठ रहेका छन्।
असल छिमेकी नेपाल पोखरेली ख्रीस्टिय समुदायको पहलमा सामाजिक सेवाको माध्यमबाट सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापना भएको एक विश्वासमा आधारित (फेथ बेस्ड) गैरसरकारी संस्था हो। आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू भन्ने बाइबल धर्मशास्त्रको शिक्षाले असल छिमेकी नेपाल अभिप्रेरित छ।

कमल पाेखरेली

 

Facebook Comments

Category: News & Events