बुधबारदेखि भएको वर्षाले देशभरी जनजीवन प्रभावित

[ 0 ] July 12, 2018 |

Bhaktapur. Photo from social network

काठमाडौं, असार २८, हिजो रातिदेखि निरन्तर भएको वर्षाको कारण राजधानी सहित देशका धेरैजसो ठाउँहरूमा असर परेको छ। रात भरि भएको भीषण वर्षाको कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। थुप्रै घर, स्कूलहरू डुबानमा परेका छन्। बाढीको कारण यातायातमा समेत अवरोध हुन पुगेको छ।
अविरल वर्षापछि भक्तपुरको चाँगुनारायणमा घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घरमा ढिस्ककोले पुर्दा ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको समाचार प्राप्त भएको छ। त्यसैगरी मध्यपुरथिमिका राधेराधे र कमेरोटारका सबै बस्ती डुबानमा परेका छन्। । राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्मको क्षेत्र पूरै डुबानमा परेको छ। जमीनबाट चारफिट माथिसम्म पानी जमेको छ। मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। वर्षाको कारण पोखरा-बाग्लुङ सडक अवरूद्ध भएको छ। त्यसैगरी पासाङ ल्हामु हाइवे विभिन्न ठाउँमा बेत्रावती, मझगाउँमा पनि अवरुद्ध भएको जानकारीमा आएको छ। त्यसैगरी सिस्नेरी, कुलेखानी हेटौडा सडक पनि अवरूद्ध भएको छ।

Facebook Comments

Category: NC Photos, News & Events