फिफा विश्वकप फुटबल २०१८ मा फ्रान्स विश्व च्याम्पियन

[ 0 ] July 16, 2018 |

तस्बिर फिफासाइटबाट

मस्को- रूसमा सम्पन्न  रुसमा सम्पन्न २१ औं विश्वकपको उपाधि फ्रान्सले हात पार्न सफल भएको छ । क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।
यसैगरी ५९औं मिनेटमा पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । १९ वर्षीय एमबाप्पेले गरेको यो चौथो गोल हो । ६९औं मिनेटमा क्रोएसियाका लागि मारियो मान्जुकिचले दोस्रो गोल गरे पनि टोलीको पराजय टार्न त्यो पर्याप्त हुन सकेन । जारी विश्वकपमा मान्जुकिचले गरेको यो तेस्रो गोल हो ।
क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ पुरस्कार जितेका छन् । इङ्ल्यान्डका हेरी केनले सर्वाधिक गोलकर्ताका रुपमा ‘गोल्डेन बुट’ पुरस्कार पाएका छन् । उनले प्रतियोगितामा एउटा ह्याट्रिकसहित ६ गोल गरेका थिए । तर इङ्ल्यान्ड भने प्रतियोगितामा चौथो भयो । यसैगरी फ्रान्सका एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारेका छन् । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल गर्‍यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए ।

तस्बिर फिफासाइटबाट

Photo by Getty Image

 

Facebook Comments

Category: NC Photos, News & Events