ललितपुर- असार २५ गते, उपत्यकाव्यापी प्रार्थना सभा नेपाल बाइबल चर्च एकान्तकुनामा सम्पन्न भएको छ। उपत्यकामा भएका चर्चहरूका पास्टर/अगुवाहरूले नेपालको लागि, चर्चहरूको लागि र समसामयिक विषयको लागि निरन्तर प्रार्थना गर्दै आएका छन्। प्रार्थना सभामा पास्टर प्रकाश सुब्बाले वचनबाट मण्डलीहरूलाई प्रार्थनाको निम्ति उत्साहित पार्नुभएको थियो। वचन पछि तयार पारिएका प्रार्थनाका विषयहरू प्रार्थना सभामा उपस्थित पास्टर/अगुवाहरुलाई वितरण गरी सबैजनाले प्रार्थनामा समय विताएका थिए।
विक्रम संम्वत् २०७५ बैशाख महिनादेखि उपत्यकामा भाएका चर्चका पास्टर/अगुवाहरूको प्रार्थना सभा नेपाली ईसाई मण्डली ज्ञानेश्वरबाट सुरू भएको हो। प्रत्येक महिनाको अन्तिम शुक्रबार प्रार्थना सभा हुँदै आएको छ। प्रार्थाना सभा प्रत्येक महिना फरक फरक मण्डलीमा हुँदै आएको छ। आउने साउन महिनाको प्रार्थना सृजना चर्च बागडोल ललितपुरमा हुनेछ।
अर्को महिनाको प्रार्थना सभा
२०७५ साउन २५ गते
बार: शुक्रबार
स्थान: सृजना चर्च बागडोल, ललितपुर।
समय २:०० बजेदेखि ४:०० बजेसम्म।
Discussion about this post