विकास र आर्थिक समृद्धिमा जनताको आशा

[ 0 ] July 5, 2018 |

This picture was taken from Rakam, Surkhet. Photo by Sarju Rijal

सुर्खेत- स्थानीयवासीहरूलाई अहिले अलि केही जाँगर चलेको हो कि जस्तो महशुस भएको छ। खेतीपाती, व्यापार, उद्योगधन्दा गर्नतर्फ उत्साहित भएको देख्‍न सकिन्छ। गाउँ गाउँमा सजिलै पुग्‍न सक्‍ने गरी बाटो बनाउन तर्फ स्थानीय सरकार लागेको छ। विकासका लागि विभिन्न क्षेत्रमा बजेट छुट्याइएको छ। गाउँपालिकाहरूमै सानोतिनो सहर जस्तै हुने परिकल्पनासम्म गर्न भ्याएका छन् स्थानीयहरू। पाँच वर्षसम्म त सरकारले विकासको गतिलाई तिब्रता दिन सक्ला नि भन्ने अड्कल गर्छन गाउँका अग्रजहरू। १० वर्षसम्म द्वन्द्वको चपेटामा परेका जनताले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिको आशा गरेर  जनमत दिएर बनाइएको सरकारले जनताको मनोभावना बुझि  आवश्यक्तालाई पूरा गर्ने कुरामा विश्वस्त देखिन्छन्। बाटो, खानेपानी, बिजुली जस्ता पूर्वाधारका विकाससम्म देख्‍न नपाएका जनताहरू पनि छन्। सुर्खेत जिल्लाको राकम गाउँ हाल सिम्ता गाउँपालिका वडा नं ६ का स्थानीयहरूको लागि बाटो यातायातको समस्या नभएपनि खाने पानी र बिजुली बत्तिको समस्या भने उस्तै छ। घर अगाडि गाडिएका विजुलीका पोलहरू र खोलाबाट पानी ल्याउने भनी बनाइएको पानी ट्यांकी हेरेर गाउँवासी खुसी छन्। खोलाबाट पानी बोकेर ल्याउने दु:ख छिट्टै अन्त्य हुने आशा गर्छन्। वर्षायाममा भने धमिलो पानी हुने भएकोले पिउन र कपडा धुन अलि कठिन भएको कुरा पनि गर्छन्।
तस्बिरमा भएको भेरी नदिले सुर्खेत र सल्यान जिल्लालाई छुट्याएको छ। तर समस्या भने दुबै जिल्लामा उस्तै छन्।

 

Facebook Comments

Category: NC Photos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4