धर्मप्रचारकाे आरोपमा तेह्रथुममा पक्राउ परेका ख्रीष्टियनहरू धरौटीमा रिहा
धर्मप्रचार गरेको आरोपमा गत वैशाख २६ गते तेह्रथुम जिल्लाको संक्रान्ति बजारबाट पक्राउ गरिएका ६ जना ख्रीष्टियनहरू आज रिहा भएका छन् । उनीहरू पक्राउ परेको १५ दिनपछि आज धरौटीमा रिहा भएका हुन् ।
नेपाल ख्रीष्टियन समाज (NCS) का प्रदेश नम्बर १ संयोजक तथा केन्द्रीय उपाध्यक्ष कुबेर गुरुङले यो रिहाईलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले झुटो आरोप लागेका ख्रीष्टियनहरूले छिट्टै नै पूर्ण सफाइ पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
Facebook Comments
Category: News & Events