ब्यक्तिगतआवास पुनर्निर्माण सहायता परियोजना

[ 0 ] May 18, 2018 |

असल छिमेकी नेपालद्वारा गोरखाजिल्लाको गण्डकी गाँउपालिका वडा नं १, ६, ७, ८ र सिरानचोक गाँउपालिका वडा नं ७मा रहेकाअतिविपन्न २५० घरपरिवारहरुको आवास पुनर्निर्माण सहायता“ब्यक्तिगतआवास पुनर्निर्माण सहायता परियोजना” सञ्चालित छ। जस अन्र्तगत सम्वन्धित वडाको सिफारिस र गाँउपालिकाको प्रमाणीकरणमा लाभग्राही छनौट तथासर्बेक्षण कार्य सम्पन्नभएको छ। जस अनुसारअसल छिमेकी नेपालले प्रदान गरेको निर्माण सामाग्रीमिति २०७५ वैशाख २६ गतेको दिनकादिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारिणी समिति सदस्यतथागुनासो व्यवस्थापन समितिका संयोजक डा. हरिराम पराजुलिज्यूले गण्डकी गा.पा. घ्यालचोक ८ सिउरिनटारकालाभग्राहीश्रीमति सुकुली ढकाल र श्री हर्कमानमाझीलाई निर्माण सामाग्रीतथाखाद्यान्न सामाग्रीको कुपन हस्तान्तरण गरी परियोजनाको बिधिवतरुपमा शुरु गर्नु भयो।

उक्तकार्यक्रममा, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिकानि.कार्यालय प्रमुखश्री शिवलालपौडेल, गण्डकी गा.पाकाप्रमुख, असल छिमेकीकाअध्यक्षपा. भरत ब. गुरुङ्ग, का.निर्देशक राजेन्द्र कुमार अधिकारी, गण्डकी गा.पाका वडा प्रमुखहरु, एच.आर.आर पिगोरखा, तथा स्थानीयव्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममाविभिन्न वडाहरुबाट आउनुभएकाजनप्रतिनिधिहरु तथालाभग्राहीहरुले राख्नु भएको गुनासोहरुको कार्यक्रमकाप्रमुखअतिथि डा. हरिराम पराजुलीले सम्बन्धितप्रश्न र गुनासोहरुको सम्बोधनगर्नुभएको थियो।कार्यक्रमको सभाध्यक्ष गण्डकी गा.पालिकाअध्यक्षश्री होम बहादुर रानाज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संचालनअसल छिमेकीकाकार्यक्रम संयोजकश्री विजयश्रेष्ठले गर्नुभएको थियो।

विजय श्रेष्ठ
गोरखा

Facebook Comments

Category: Notice