काठमाडौं- बैशाख २९, हिजो आज प्रार्थना सभाभन्दा पनि मिटिङ, सम्मेलनहरूमा जान बढी इच्छा लाग्ने बानीको विकास नेपालका चर्चहरूमा ह्वातै बढेको अवस्था छ। चाहे स्थानिय चर्चको प्रार्थानामा होस अथवा एकै ठाउँमा भेला भएर प्रार्थना गर्ने समयमा होस् धेरैलाई जान इच्छा लाग्दैन्। हुन त प्रार्थाना दैनिकि कार्य भएर पनि होला ।
प्रार्थना मण्डलीको निम्ति दैनिकि कार्य हो। प्रार्थाना हरेकको लागि निरन्तर र अगन्यरूपमा गरिने कार्य हो। खाना खाँदा, कुनै कार्य गर्दा, यात्रा गर्दा, सभा गोष्ठि, भेलामा, विहान उठ्ददा, सुत्नुभन्दा अगाडि परमेश्वरलाई धन्यवाद दिन प्रार्थना गरिन्छ । शक्ति, ज्ञान, बुद्धि र निर्देशनको लागि परमेश्वरसँग गरिने पुकारा पनि हो । नेपालका मण्डलीमा हरेकले आ आफ्नै स्थानहरूमा वा मण्डलीको तालिकाअनुसार गर्दै आएपनि, जब मण्डलीमा सेवा संगति गर्न र परमेश्वरको वचनलाई प्रचार गर्न रोकावट वा डर धम्कि आउँछन् मण्डलीहरू एकठाउँमा भेला भएर प्रार्थना गर्दै आएका छन्। काठमाडौं उपत्यकामा विक्रस संवत् २०७५ बैशाख महिनाबाट राजधानीका मण्डलीहरूले नेपाली महिनाको अन्तिम शुक्रबार प्रार्थनाको आयोजना गर्दै आएको छ। दोस्रो प्रार्थना सभा कोटेश्वर तीनकुनेमा भएको छ।
प्रभुको मण्डली तीनकुनेमा भएको उपत्यकाव्यापी प्रार्थना सभामा देसमा घटेका समसामयिक विषयमा केन्द्रित भइ नेपालका मण्डलीहरूको सेवाहरूको लागि र नेपाल देसमा आशिष् आओस् भनी विभिन्न विषयमा सबैजनाले एकैसाथ प्रार्थना गर्नु भएको छ। प्रार्थनाद्वारा असम्भव कामहरू सम्भव भएका कुरा हाम्रै आँखाले देखेका र कानले सुनेका छौं। प्रार्थानामा जानुभन्दा पहिले पास्टर चन्द्र श्रेष्ठले वचनबाट उत्साह दिनुभएको थियो। सोही अवसरमा प्रार्थनाद्वारा सम्भव भएका कामहरू पनि सुनाउनुभएको थियो। प्रार्थनाको अन्त नेपाली ईसाई मण्डली ज्ञानेश्वरका पास्टर शामूएल कार्थकले गर्नुभएको थियो।
परमेश्वरको वचनअनुसार, धार्मिक मानिसको प्रार्थना शक्तिशाली हुन्छ। हामीले आआफ्ना स्थानहरू चर्चहरूमा प्रार्थना गरेपनि सेवाको कामको लागि हामीले एकअर्कालाई क्षमा, प्रेम, उत्साह र प्रार्थना गर्न आवश्यक छ। सबैले एक अर्काका निम्ति प्रार्थना गरौं। जब मण्डलीहरू एकसाथ प्रार्थनामा घुँडा टेक्दछन् आत्मिक उत्साहमा सङ्गति झन गहिरो, घनिष्ट र आनन्दित हुँदै जान्छ। प्रार्थानाको उत्तर पनि देख्न सकिन्छ। ख्रीष्टमा भएको विश्वासद्वारा परमेश्वरको दृष्टिमा धार्मिक ठहरिएर प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छन्। प्रार्थना सँधै निरन्तर भइ नै रहनुपर्दछ। (१ थेसलोनिकी ५:१७)।
जेठ महिनाको प्रार्थना सभा क्वाइनोनिया पाटन चर्चमा हुनेछ।
जेठ:२५ गते
स्थान: पाटन क्वाइनोनिया चर्च।
समय: २:००- ४:०० बजे।
(प्रार्थाना सभामा आउन चाहने र प्रार्थना गर्ने चर्चका सबै सदस्यहरू सहभागि हुन सक्छन्।)
Discussion about this post