बेगनास तालको सुन्दरतालाई चिनाउन सकिएन

[ 0 ] May 8, 2018 |

Begnas Lake, Pokhara Lekhnath. Photo by Sarju Rijal

कास्की- बेगनास ताल कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालीका अन्तर्गत पर्ने रमणीय ठुलो ताल हो ।  यो ताल नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । पोखरा लेखनाथ महानगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ छ। बि.स. २०४४ सालमा बाँध बाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ। बेगनास तालले वाहिरबाट आउने पर्यटकलाई आकर्षण गर्न सकेको छैन। तालको प्रवर्द्धन, यातायात सुविधा र होटेलहरूको राम्रो व्यवस्था गर्न सकेमा धेरै पर्यटकहरूको रोजाइमा पर्ने थियो।

Facebook Comments

Category: NC Photos