ललितपुर- चैत्र २३, आज ख्रीष्टियन समुदायहरू नेपाल क्याथोलिक समाज, राष्ट्रिय मण्डली संगति नेपाल, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले बैठक गरेर बिज्ञप्ती निकालेको छ। धार्मिक सद्भाव विगार्ने खालका समाचारहरू सामाजिक सञ्जालमा फैलाएको कुरामा छलफल गरी बिज्ञप्ती निकालेको हो ।
सामाजिक सञ्जालमा, विभिन्न अनलाइन समाचारले चर्च र ईसाई समाज प्रति लक्षित गरी भ्रम फैलाउने खालका समाचार आधारहीन भएको बताएको छ। इसाइ समुदायको तर्फबाट संयुक्त विज्ञप्तिमा फादर सिलास बोगटी, पास्टर सूर्यबहादुर बल तामाङ, पास्टर कृष्णबहादुर श्रेष्ठ र सी.बी. गहतराजले हस्ताक्षर गरी बिज्ञप्ती निकाल्नु भएको छ।
Discussion about this post