भेट्रान फुटबल प्रतियोगितामा अभिषेक चर्च विजयी

[ 0 ] April 5, 2018 |

Abhisek Church Nawalparasi team

बारा – चैत्र १९, प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ अन्तर्गत भएको भेट्रान फुटबल प्रतियोगितामा अभिषेक चर्च नवलपरासी विजयी भएको छ। बिजेता अभिषेक चर्च नवलपरासीले प्रथम पुरस्कार रू १ लाख पाउन सफल भएको छ। फाइनलमा हेटौडा भेट्रान क्लबलाई ४-३ गोलले हराउँदै अभिषेक चर्च नवलपरासी विजयी भएको हो । ४ दिनसम्म चलेको प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको थियो ।
खेलकुद महोत्सव २०७४ अन्तर्गत भएको भेट्रान फुटबलमा प्रतियोगितामा सिमरा रंगशालामा भएको पहिलो खेलमा सिमरा भेट्रान बिलाई ३–० गोल अन्तरले पराजित गर्दे अभिसेक चर्च क्वाटरफाईनलमा प्रवेश गरेको थियो। । अभिसेक चर्चका लागी जर्सी नम्बर ३१ का पास्टर शुकलाल तामाङ्गले २ र जर्सी नम्बर ८ का राजेश लोप्चाले एक गोल गर्न सफल भएका थिए ।

भेट्रान फुटबलमा सिमरा भेट्रान ए, सिमरा भेट्रान बि, अभिसेक चर्च नवलपरासी, हेटौडा भेट्रान, सिलगुडि भेट्रान, हाम्रो फुटबल क्लब, बकुलिया भेट्रान, भेट्रान सिटि अफ विरगञ्ज, साईनिङ्ग सिटि अफ विरगञ्ज, साईनिङ्ग सन एकेडेमि, चितवन भेट्रान, जाउलाखेल फुटबल क्लब र चपुर भेट्रान सहभागी थिए ।
अभिषेक चर्च नवलपरासीले धेरै ठाउँमा खेलिएका खेलकुदमा विजयी हासिल गर्दै आएको छ। हरेक ठाउँमा हुने खेलकुदमा सुसमाचारका पत्रपत्रिकाहरू बाँड्ने गर्छ। सिमरामा भएको खेलकुदको अवधिमा नयाँ करार बाइबल खेलाहीहरू र दर्शकहरूलाई वितरण गरेको छ। खेलकुदमा चर्चका ५५ जना जवान भाइवहिनीहरू गएका थिए। जवानहरू सुसमाचारिय पत्रपत्रिकाहरू लिएर गएका थिए। खेलकुदको अवधिमा बाँडिएका सुसमाचारका पर्चाहरू पाउनेबाट सकरात्मक सन्देश आएको कुरा पास्टर तथा खेलाडी पास्टर सुकलाल तामाङले जानकारी दिनुभएको छ। 
यही बैशाख ५ गते देखि हुने अन्तर स्कूल फुटबल प्रतियोगितामा अभिषेक चर्च नवलपरासी भाग लिन जाँदैछ। 

 

 

 

 

Facebook Comments

Category: NC Photos, News & Events