पवित्र हप्ता

[ 0 ] March 29, 2018 |

-भुवन देवकोटा
हाम्रा मुक्तिदाता प्रभु येशू यस संसारमा सारा मानिसको पापको लागि आफ्नो प्राण दिन आउनुभयो । मानिसजातिको पक्षमा येशूले आफ्नो पवित्र र सिद्ध शरीरमा दिनुभएको पापको बलि परमेश्वरले ग्रहण गरेर मानिसजातिलाई क्षमा दिनुभयो र हामीले स्वर्ग जाने सौभाग्य पायौं । सारा मानवजातिको मोक्षको योभन्दा अर्को उपाय छैन । येशूले मानवको लागि प्राण दिनुभएको दिनलाई सम्झेर यस हप्ता हामी येशूलाई महिमा दिइरहेका छन् । यसपल्ट हामी येशूको जीवनको यस अन्तिम हप्तालाई सारमा हेर्नेछौं ।
आइतवार
मत्ती २१:१, मर्कूस ११:१, लूका १९:२९, यूहन्ना १२:१२
-येशू यरूशलेममा विजयी प्रवेश गर्नुभयो
– बेथानीमा रात बिताउनुभयो
सोमवार
मत्ती २१ः१२, मर्कूस ११ः२२, लूका १९ः४५
-बेथानीबाट निस्कनुहुन्छ
-सहरमा जाँदै गर्दा बाटोमा अञ्जिरको रूखलाई श्राप दिनुभएको
-यरूशलेमलाई हेरेर विलाप गर्नुभएको
-आफ्नो सेवकाइमा दोस्रो पटक मन्दिर सफा गर्नुभएको
-सोही दिनमा मन्दिरमा हेर्नुहुन्छ, त्यसपछि सहर छोड्नुहुन्छ
-बेथानीमा रात बिताउनुहुन्छ
मंगलवार
मत्ती २१ः२०, मर्कूस ११ः२०, लूका २०ः३६, यूहन्ना १२ः२०
-बेथानीबाट निस्कनुहुन्छ
– अञ्जिरको रूख सुक्छ, विश्वासको बारेमा सिकाउनुहुन्छ
– मन्दिर र त्यसको क्षेत्रलाई आफ्नो बनाउनुहुन्छ
– सहर छोड्नुहुन्छ, जैतुनको बाटो भएर बेथानीमा जानुभएको
– यहूदाले येशूलाई धोका दिन महासभासँग मोलमोलाइ गर्छ
– बेथानीमा रात बिताउनुहुन्छ
बुधवार
-अन्तिम भोजको निम्ति येशूको तयारी र येशूको पक्राउको निम्ति यहूदा र महासभाको तयारीको रूपमा धेरै कुरा भए
-दिनभरि नै बेथानीमा रहनुभयो, रात त्यहीँ बिताउनुभयो
बिहीवार
मत्ती २६ः१, मर्कूस १४ः१, लूका २२ः१
-पत्रुस र यूहन्नालाई निस्तार चाडको निम्ति तयारी गर्न पठाइएको
-सूर्यास्तपछि बाह्रै चेलाहरूसँग खाना खानुहुन्छ, चेलाहरूको गोडा धोइदिनुहुन्छ, यहूदा निस्कन्छ
-प्रभुभोज स्थापना गरिन्छ, गेतसमनीको बगैंचामा येशूको चित्कार
-यहूदाद्वारा विश्वासघात, महासभाद्वारा पक्राउ
-प्रधान पूजहारीको घरमा महासभा भेला हुन्छ, पत्रुसले येशूलाई इन्कार गर्छन्
शुक्रवार
मत्ती २६ः१, मर्कूस १४ः५३, लूका २२ः५४, यूहन्ना १८ः१३
-येशू ख्रीष्टको पहिलो जाँचः हननियाको अगाडि (रातको समयमा), हननियाले आरोपको निम्ति मौका खोज्छन्, प्रधान पूजाहारीको स्थानमा महासभा जम्मा नभएसम्म समय लिएका
-दोस्रो (र प्रमुख) जाँचः महासभाको अघि येशूलाई दोष्याइएको, दुव्र्यवहार गरिएको थियो
-तेस्रो जाँचः झिसमिसेमा पत्रुसले येशूलाई तीन पटक इन्कार गरे, येशूले तिनलाई हेर्नुभयो, आरोप दोहोराइयो, त्यसपछि येशूलाई रोमीहरूकहाँ लगियो
-जाँचहरुः चौथोः पिलातसको अघि, पाँचौंः हेरोदको अघि, छैटौंः पिलातसको अघि
-येशूलाई सताइएको छ, सहरले कराएर भन्छ, “क्रुसमा टाँग्नुहोस् अथवा हामीले रोममा भन्नेछौं ।”
-अन्त्यमा येशूलाई क्रुसमा टाँग्ने आदेश दिइन्छ
-येशूलाई गिल्ला गरिन्छ (रोमी सिपाहीहरू), काँडाको मुकुट
-यहूदाले आत्महत्या गर्छ
-सहरको उत्तर ढोकामा येशूले आफ्नो क्रूसलाई बोक्नुहुन्छ र बिहान नौ बजेतिर क्रूसमा टाँगिन्छ
परमेश्वर–मानिसको मृत्यु
-करिब ३ बजेतिर मन्दिरको पर्दा च्यातिन्छ, भूकम्प जान्छ, केही चिहानहरू खोलिन्छ र मानिसहरू बौरिउठ्छन् र सहरमा जान्छन्
-येशूको कोखामा भाला घोचिन्छ
-मन्दिरमा निस्तार चाडको थुमा मारिन्छ
-येशूलाई सूर्यास्तसम्ममा गाडिन्छ
शनिवार मत्ती २७ः६६
-यहूदी अगुवाहरूको मागअनुसार पिलातसले सुरक्षाकर्मी पठाएर येशूको चिहानमा छाप लगाउँछन्
शनिवार
मत्ती २८ः१, मर्कूस १६ः१, लूका २४ः१, यूहन्ना २०ः१
येशू ख्रीष्ट मृतकबाट जीवित बन्नुहुन्छ र उहाँ बौरिउठेको दिनमा पाँच पटक देखा पर्नुहुन्छः
-मरियम मग्दलिनीकहाँ
-चिहानमा आएकी अर्की स्त्रीलाई
-इम्माउसको बाटोमा भएका दुई चेलाहरूकहाँ
-सिमोन पत्रुस
-अचम्ममा परेका चेलाहरूकहाँ (थोमा अनुपस्थित थिए)

Facebook Comments

Category: Articles