विजयको घोषणा सँगै चालिस दिने उपवास प्रार्थना सम्पन्न

[ 0 ] March 23, 2018 |

सुरेन्द्र मल्ल, बिराटनगर- २०७० चैत्र ९ गते तदानुसार २३ अप्रिल २०१८ का दिन विराटनगरको वि.आई.सी मण्डलीमा चालिस दिने उपवास प्रार्थना विजयको घोषणा गरि सम्पन्न भएको छ। नेपाल क्याम्पस क्रुसेड फर क्राईष्ट तथा इसाई नारी समाजको संयुक्त आयोजनामा २९ माघ २०७४ मा शुरु भएको थियो । विलिभर्स चर्चका फादर जितनारायण चौधरीको प्रार्थनाबाट शुरु भएको समापन समारोहमा इसाई नारी समाजको सचिव श्रीमती अनिता सुब्बाले संचालन गर्नुभएको थियो भने विभिन्न मण्डलीहरुबाट उपस्थित भएका १५० भन्दा बढि प्रभुका जनहरुलाई इसाई नारी समाजको अध्यक्ष्य श्रीमती जमुना खड्काले चुनौतीपूर्ण ढङ्गले परमेश्वरको वचनबाट प्रकाश पार्नुभएको थियो। आराधनामा संयुक्त आराधना समुहले अगुवाई गर्नुभएको थियो । चालिस दिने उपवासको क्रममा आफूले पाएको आशिषहरु विभिन्न मण्डलीका व्यक्तिहरुले बाड्नुभएको थियो । निकै नै उत्साहजनक सहभागितामा, वि.आई.सी. मण्डलीका संस्थापक डां श्यामलाल हेम्ब्रमको अन्तिम प्रार्थनाद्धारा यस वर्षो चालिस दिने उपवास प्रार्थनाको समापन समारोह सकिएको थियो

Facebook Comments

Category: NC Photos, News & Events