सार्क-सीसीआई र ग्लोकल  प्राइभेट लिमिटेडको बीचमा एमओयु  हस्ताक्षर गरियो।

[ 0 ] March 19, 2018 |

काठमाडौँ , ५ चैत्र २०७४ : सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई  उद्यमशीलता र शिक्षामा अवसर  प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु  हस्ताक्षर गरेका छन्।

सो एमओयु सार्क-सीसीआई का अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरद्वारा द्वारा १८  मार्च, २०१८  मा श्री मात्रिका यादव, वाणिज्य र आपूर्ति मंत्री, नेपाल; श्री हुमयुं रश्वा, वाणिज्य र उद्योग मंत्री, अफगानिस्तान; श्री ल्योन्पो लेके  दोर्जे, आर्थिक मामला मंत्री, भुटान को उपस्थितिमा  हस्ताक्षर गरिएको थियो।

सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर-किशोरीलाई  ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन् ।१३- १९ बर्षको किशोर-किशोरीहरुको लागी  ग्लोकल टीन हिरो एउटा  प्लेटफार्म हो जसले उनीहरुको  शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ।

ग्लोकल  प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरले भन्नु भयो  “ ग्लोकल टीन हिरो लाई सार्क रास्ट्रमा लगी रहेको बेला । ग्लोकलमा, यो हाम्रो लागि एक महत्वपूर्ण क्षण हो। यो एमओयुले हामीलाई थप बल र सशक्तिकरण प्रदान गर्ने छ।

ग्लोकल  प्राइभेट लिमिटेड एउटा अनलाईन मिडिया, सीयसआर र ब्रान्ड कन्सलट्यंट रुपमा काम गरिरहेको छ। त्यो संगसंगै ग्लोकल अफ्टर स्कुलबाट  तालिम र विकासका लागी काम गरिन्छ र ग्लोकल टीन हिरो र ग्लोकल अन्तरास्ट्रिय कन्फरेन्स जस्ता बिभिन्न कार्यक्रमहरुबाट युवाहरुमा उधमशिलताको बिकाश गर्दछ।

थप जानकारीका लागी सम्पर्क : cajoljha@glocalnepal.com, 9843636871

 

Facebook Comments

Category: News & Events, socio-political