विपन्न चेपाङ परिवारलाई कम्बल वितरण

[ 0 ] January 24, 2018 |

लामाचौर चर्च, पोखरा कास्कीले यही माघ ७ गते तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा. नं. १ र ३ का अति विपन्न ५५ घरधुरी चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । लामाचौर चर्चकै शाखा चर्च ठाडोखेला चर्चमा आयोजित एक कार्यक्रममा प्रति परिवार १/१ वटाका दरले ५५ वटा कम्बल उपलब्ध गराई वितरण गरिएको हो । यस सहयोगबाट उल्लिखित दुई वडाका सम्पूर्ण परिवार लाभान्वित भएका छन् । उक्त सहयोग सामग्री जि.आर.(G.R)नेपालको तर्फबाट उपलब्ध गराइएको थियो । ठाडो खोला चर्चका अगुवा कृष्ण चेपाङले यस कार्यबाट त्यहाँका सम्पूर्ण चेपाङ समुदायलाई ठूलो राहत मिलेको बताए । न्यानो कपडा वितरण कार्यक्रममा लामाचौर चर्च, पोखरा कास्की अ.पा. मुक्ति ढकाल, जि.आर(G.R) नेपालका निर्देशक सुरेन्द्र श्रेष्ठ, सहयोगीहरु केरी र बेरी लगायतको उपस्थिति थियो ।

ठाडोखोला तनहुँमा कम्बल वितरण

ठाडोखोला तनहुँमा कम्बल वितरण

Facebook Comments

Category: News & Events