ललितपुर- मंसिर १४, भोलि मंसिर १५ गते तदनुसार डिसेम्बर १ मा हजरत मुहम्मद सल्लललाहो अलैहे वोसल्लको जन्म दिन ( बाह्र रव्विउल) को शुभअवसरमा र पुष १० गते तदनुसार डिसेम्बर २५ तारिखमा इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसको शुभअवसरमा सार्वजनिक विदाको सुचना गृहमन्त्रालयले जारी गरेको छ। नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली नियोगहरू समेतमा सार्वजनिक विदा दिने भनि निर्णय भएको व्यहोरा गृहमन्त्रालयको सुचनामा प्रकाशित गरिएको छ।
Discussion about this post