प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ (पहिलो चरणमा ३२ जिल्लामा)

[ 0 ] November 24, 2017 |

काठमाडौं – देशको विकास गर्न र राजनीति स्थायीत्व बनाउन, राष्ट्रको लागि कुसल नेतृत्व गर्न सक्ने व्यक्तिलाई निर्वाचित गराऔं।  प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन, पहाडी क्षेत्र र तराई क्षेत्र गरी दुइ चरणमा मंसिर १० र २१ गते हुँदैछ। नेपालमा दुईवटा निर्वाचन एकैपटक हुँदैछन्। नयाँ संविधान अनुसार गर्नुपर्ने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा १० गते र बाँकी ४५ जिल्लामा २१ गते हुँदैछ।
प्रदेश र प्रतिनिधिसभा दुवै चुनावमा प्रत्यक्ष प्रणाली र समानुपातिक निर्वाचन पद्धति गरी मतदाताले निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् ।
रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ । दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।
मत बदर नहोस भनेर निर्वाचन आयोगले भर्खरै मत दान गर्ने तरिका सिकाएको भिडीयो पनि सार्वजनिक गरेको छ।

पहिलो चरणको निर्वाचन मङ्सिर १० गते, आइतबार ३२ वटा जिल्लामा हुनेछ।
प्रदेश न‌ं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्‍लेजुङ, पाँचथर र खोटाङ।
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप।
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा।
प्रदेश नं ५ : रूकम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग) जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा।
प्रदेश नं ७ : मा दार्चुला, बझाङ, बाजुरा र बैतडी।

दोश्रो चरणको निर्वाचन मंसिर २१ गते, बिहिबार ४५ वटा जिल्लामा हुनेछ।
प्रदेश नं १: इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २: सप्तरी, सिरहा, धनुषा, महोत्तरी, र्सलाही, बारा, पर्सा रौतहट
प्रदेश नं ३: सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं ४: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६: सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७: कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

निर्वाचन आयोगले मत संङ्केत गर्ने तरिका र मतदानस्थलबारे जानकारी हुने गरी हालै एउटा भिडियो सार्वजनिक गरेको छ। युट्युवमार्फत सार्वजनिक भिडियोमा प्रदेश र प्रतिनिधिसभाको मतपत्रबारे जानकारी, मत संकेत गर्ने र खसाल्ने तरिका सिकाइएको छ। यसवर्ष निर्वाचनमा तीनवटा मतपत्र हुन्छ। प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिन छुट्टाछुट्टै दुई मतपत्र छ भने प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र एउटै भए पनि मत संकेत गर्ने खण्ड अलग अलग छ।
मतदाताले मतदान केन्द्रमा सबैभन्दा पहिले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने मतपत्र पाउँछन्। यो मतपत्र हरियो रंगमा छापिएको छ। यस मतपत्रमा मतदान गरिसकेपछि हरियो रंगको स्टिकर टाँसेको मतपेटिकामा खसाउनुपर्नेछ। त्यसपछि, मतदाताले प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गर्ने कालो रंगमा छापिएको मतपत्र पाउँछन्। त्यसमा मत संकेत गरेपछि कालो स्टिकर टाँसिएकै मतपेटिकमा खसाल्नु पर्नेछ।

समानुपातिकतर्फ भने प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै द्ध। तर त्यसमा प्रदेशसभा र प्रतिनिधिसभाको चिह्नहरु राखिएको अलग अलग खण्ड छ। रातो रंगले छापिएको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल रहेको खण्डमा प्रदेशसभाको लागि हो। ती दुबै खण्डमा एक/एक वटा चिह्नमा छाप लगाएपछि मतपत्रलाई रातो रंगको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्नेछ। थप जानकारीका लागि भिडियो हेर्नुस्

Facebook Comments

Category: News & Events