काठमाडौं, कार्तिक ३०, नेपाल बप्तिस् मण्डली परिषद्को एघारौ राष्ट्रिय महधिवेशनले नयाँ कार्य समिति गठन गरेको छ। कार्तिक २८ देखि ३० गतेसम्म लिभिंग बप्तिस मण्डली नखिपोट, ललितपुरमा सम्पन्न भएको महाधिवेशनले नयाँ केन्द्रिय समिति गठन गरेको छ।
समितिमा पास्टर कृष्ण प्रसाद त्रिपाठी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पास्टर राजेन्द्र मल्ल, कोषाध्यक्षमा पा. टिका राज राई र सदस्यहरुमा पा. चित्रबहादुर गुरुङ, पा. मनकुमार राई, पा. देवराज भण्डारी, पा. गोपाल दाहाल, श्रीमती दुर्गा गुरुङ, पा. शमुएल राना मनोनित हुनुभएको छ ।
प्राप्त जानकारी अनुसार मिसनमा संगसंगै भन्ने नाराका साथ सम्पन्न भएको महाधिवेशनमा नेपालभरीका मण्डलीका पास्टर अगुवा तथा प्रतिनिधीहरूको सहभागिता रहेको थियो। महाधिवेशनमा आत्मिक शिक्षा प्रार्थना, वचन र संगतिले अझै उत्साहका साथ प्रभुको सेवा गर्न उत्साहित बनाएको छ।
नेपाल बप्तिस मण्डली परिषद् सन् १९९२ सालमा स्थापना भएको हो। परिषद्मा २०९ वटा मण्डलीहरु रहेका छन् भने मण्डलीको सेवालाई सुव्यवस्थित बनाउन विभिन्न विभागहरू छन्।
Discussion about this post