ललितपुर- मंसिर १, सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न आदेश दिएको छ। ‘क्रिसमस डे’ डिसेम्बर २५ मा सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा न्यायधिशद्वय ईश्वर प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयूक्त इजलासले आदेश दिएको छ।
अधिवक्ताद्वय बुद्ध घिसिङ र गणेश श्रेष्ठद्वारा संयुक्तरुपमा दायर गरिएको क्रिश्चियन धर्मावलम्बीहरूको चाड ‘क्रिसमस डे’ को अवसरमा डिसेम्बर २५ तारिखमा सार्वजनिक विदा घोषणा गरी पाउँ भनी दिएको रिटमा अन्तिम सुनुवाई गर्दै सो आदेश दिएको हो ।
‘अदालतले ब्यक्तिको धार्मिक स्वतन्त्रता, समाजिक स्वतन्त्रता, समानताको स्वतन्त्रतालगायतका कुरालाई विचार गरी धार्मिक सहिष्णुतासहितको अवस्था तथा जनताले सरकारी कर्यालयबाट पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गरी उचित निर्णय निर्देशनात्मक आदेश दिएको हो’, आदेशमा भनिएको छ ।
सरकारले विक्रम संवत् २०७३ सालको सार्वजनिक विदाको सूचीमा क्रिसमस विदा इशाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र दिने निर्णय गरेको थियो। यसभन्दा अघि क्रिसमस डेमा सबैलाई सार्वजनिक विदा दिँदै आएको थियो।
Discussion about this post