प्रकाश विशुन्के, कार्तिक २, जेरुशलेम । इजरायलको इतिहासमै पहिलोपल्ट आयोजना भएको अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सम्पन्न भएको छ । राष्ट्रपति निवासमा आयोजत अन्तिम सभालाई इजरायलका राष्ट्रपति रुभेन रिब्लिनले सम्बोधन गर्नुभयो ।
पवित्र शहर येरुशलेम मुक्त र एकताबद्ध भएको ५०औं वर्षगाँठमा इजरायलको सरकारी प्रेस अफिस र परराष्ट्र मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलनमा राष्ट्रपतिले सबैलाई यरूशलेमको आफ्नो परिवारको लामो इतिहासको बारेमा सुनाउँदै सहभागीहरूलाई स्वागत सहित दिवा भोजको आयोजना गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रपति रिब्लिनले, “इजरायल एक यहूदी, लोकतान्त्रिक राज्यको रूपमा धर्मको स्वतन्त्रताको रक्षा गर्न सदैव प्रतिबद्ध छ ।” उहाँले भन्नुभयो , “म यहाँहरु सबैलाई आश्वस्त बनाउन चाहन्छु, कि इजरायलले सबै आस्थाका यहाँका पवित्र र ऐतिहासिक स्थानहरूलाई सुरक्षित र व्यवस्थित राख्न दृढ रहनेछ । इजरायलले धेरैसँग नयाँ र राम्रो मित्रता निर्माण गरेको छ र गरिरहनेछ । ”
फरक प्रसँगमा राष्ट्रपतिले प्यालेस्टाइनीहरूसँगको शान्ति प्रक्रिया र सहकार्यको बारे चर्चा गर्नुभयो । उहाँले, “इजरायलले हामीलाई र प्यालेस्टाइनीहरूको बीचको अन्तर्राष्ट्रिय अभियानको अन्त्य गर्न खोज्ने प्रयास गर्दैन । हामीले दुई पक्षबीचको समझदारी निर्माण गर्ने काम गर्नुपर्छ । इजरायलले धेरैसँग नयाँ र राम्रो मित्रता बनाएको छ आर्थिक र राजनयिक सहयोग मार्फत, यो एक महत्त्वपूर्ण कदम हो। हामी यो काम मध्य पूर्व र संसारभरि नै गर्न सक्दछौं” भन्नुभयो । यसबाहेक, इजरायलले एशिया, अफ्रिका र दक्षिण अमेरिकाका लागि खाद्य सुरक्षा, ताजा पानी र नयाँ नयाँऔषधी र सबै प्रकारको रोगहरूको उपचार गर्ने काम गर्दैछ र विश्वभरिका सबै देशहरू आतंकवाद र अतिवादवादसँग लडिरहेको बताउनुभयो ।
आफु यरूशलेमको पुत्र भएको, यरूशलेमको छोरोको पुत्रः एक छोराको छोराको पुत्र … सातौं पीढी यरूशलेमको पनि पुत्र भएको कार्यक्रममा बताउनुभयो ।
सरकारी प्रयासमा इजरायलको इतिहासमै पहिलोपल्ट आयोजना भएको अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा विश्वभरका ७० वटा ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, १४० जना टेलिभिजन,रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजीवि पत्रकारहरु सहभागि थिए ।
Discussion about this post