६ महिने सिलाइ-कटाइ तालिमको उद्घाटन

[ 0 ] October 8, 2017 |

असोज २२, चितवन

“सेवा गर्न अबेर नगरौं” भन्ने मूल नाराका साथ् स्थापित सामाजिक गैह्र-सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal)  ले विपन्न बस्तीका महिलाहरूको सीप विकास गराउने उद्देश्यसहित् ६ महिने सिलाइ-कटाइ तालिमको सुरुवात गरेको छ । चितवन जिल्लाको विकट ठाउँ दाहखानीमा ३० जना महिलाहरूलाई तालिम दिनेगरी सिलाइ-कटाइ तालिम उद्घाटन गरिएको हो । Serve Now का अन्तर्राष्ट्रिय निर्देशक Mr. Ben Foley ले हिजो यस तालिमको उद्घाटन गर्नुभयो ।

आवश्यक सीपको अभावमा महिलाहरू जोखिमपूर्ण काम गर्नसमेत् बाध्य हुनुपरेको अवस्थालाई मध्येनजर गर्दै संस्थाले यसप्रकारका तालिमहरूको आयोजना गरेको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले बताउनुभयो ।  यस संस्थाले यसअघि पनि धादिङ तथा चितवनका बिभिन्न ठाउँहरूमा ३ समुहलाई तालिम प्रदान गरिसकेको छ । यसअघिका दीक्षित सबै ७० जनालाई संस्थाले एक-एकवटा सिलाइ मेसिन प्रदान गरेको छ । दीक्षितहरूमध्ये अधिकांशले आफुले प्राप्त गरेको सीप प्रयोग गरी परिवारलाई आर्थिकरूपमा सहायता गर्न थालेको राष्ट्रिय निर्देशक ढकालले बताउनुभयो ।

Facebook Comments

Category: News & Events