सुन्दर झोङ गाउँ

[ 0 ] September 29, 2017 |

The village of Jhong in Mustang, surrounded by himalayas. Photo by Sarju Rijal. Photo was taken from Muktinath.

मुस्ताङ, झोङ गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउपालिका अन्‍तर्गत पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार झोङ गाँउ विकास समितिको कूल जनसङ्ख्या २५३ मध्ये ११२ पुरुष र १४१ महिलाहरू ८५ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।  झोङ गाउँमा प्राचिन दरबारको केहि भग्नावशेष अझै पनि देख्‍न सकिन्छ। स्थानियहरू यस दरबारको विषयमा पूर्खाहरूको अनुसार उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा छुट्टाछुट्टै राज्य भएको  कुरा बताउँछन् तर यो दरबारको सन्दर्भमा त्यति राम्रो ज्ञान नभएको बताउँछन्। झोङ गाउँको तस्वीर मुक्तिनाथबाट खिचिएको हो।

Facebook Comments

Category: NC Photos