अगेनो रेष्टुरेन्ट धोबिघाट
मिति : २०७४ भाद्र १८ गते
मिति २०७४ भाद्र १८ गतेका दिन अनन्त सेवा नेपालको नवौं वार्षिक साधारण सभा अगेनो रेष्टुरेन्ट धोबिघाटमा संस्थाका अध्यक्ष श्री ग्रीष्म केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका उपप्रमुख श्रीमती गीता सत्यालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन श्री केशर बोहरा ले गर्नुभएको थियो। प्रमुख अतिथिद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरि सुरु भएको कार्यक्रममा संस्थाका सचिव श्री पावल क्षेत्रीले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो।
कार्यक्रममा सरकारी तथा स्थानिय निकायका प्रतिनिधी, महानगरिय प्रहरी परिसर ललितपुरका प्रतिनिधी, सञ्चारकर्मी, अनन्त सेवा नेपालका कार्यसमितीका पदाधिकारीहरु, साधारण सदस्य, छात्रवृती लाभान्वित अभिभावकहरु तथा बालबालिकाहरु सहित करिब ९० जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक श्री उदय राज भाटले वार्षिक प्रगती प्रतिवेदन २०७३-०७४ तथा र संस्थाका कोषाध्यक्ष श्री रामशरण गुरु¨ले आर्थिक प्रतिवेदन २०७३-०७४ प्रस्तुत गर्नुभएको थियो।
अनन्त सेवा नेपालले आफ्नो स्थापनाकालको नवौं वार्षिक साधारण सभा विशेष कार्यक्रमको अवसरमा स्थापना कालदेखी अहिले सम्म संस्थालाई अतुलनिय रुपमा सहयोग गर्ने सहयोगी व्याक्तित्वहरु तथा कार्य समिति पदाधिकारीहरुलाई प्रमुख आतिथिको बाहुली बाट सम्मानित गरेको छ।
औपचारिक कार्यक्रमको अन्तमा संस्थाका सल्लाहकार श्रीमती आशा नेपाली गुरुङ्गले उपस्थित सम्पुर्णलाइ तथा संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभइ अध्यक्ष श्री ग्रीष्म केशव पराजुलीले औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।
औपचारिक कार्यक्रम पश्चात बन्द सत्रमा सभाका निवर्तमान अध्यक्ष ग्रीष्म केशव पराजुलीले पुरानो कार्य समितिको कार्यकाल समाप्त भएकाले पुरानो समिति विघटन भएको घोषणा गर्नुभएको थियो। नयाँ कार्यसमिति छनौट तथा निर्वाचनका लागि रामदत्त ओझाले निर्वाचन आयुक्तको भुमिका निर्वाह गर्नुभएको थियो।
नवौं वार्षिक साधारण सभामा अनन्त सेवा नेपालको ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। अनन्त सेवा नेपालको नयाँ कार्यसमिति यस प्रकार रहेको छ।
१. आशा नेपाली गुरुङ्ग : अध्यक्ष
२. पावल क्षेत्री : उपाध्यक्ष
३. सुनिता पराजुली : कोषाध्यक्ष
४. दिपक राज भट्ट : सचिव
५. राज कुमार यादव : सह–सचिव
६. डा. कालेव कुमार वुढा : सह– कोषाध्यक्ष
७. श्रीमती जानुका अधिकारी : सदस्य
८. श्री बिनोद चौधरी : सदस्य
९. श्री मस्तराम चौधरी : सदस्य
सल्लाहकार
१. श्री ग्रीष्म केशव पराजुली
२. विनोद देशार
३. भक्ति कुमारी भट्ट
Discussion about this post