बाढीपिडितलाई सहयोगि हातको खाँचो

[ 0 ] August 28, 2017 |

Photo by Dharan Isai Samaj

काठमाडौं, भदौं १२, नेपालमा वि सं २०७२ सालमा आएको भुकम्पले प्रभावित बनाएको पहाडी भेगहरूमा अझै पनि कतिपय ठाउँहरूमा झुपडीमा नै जीवन गुजार्नुपरेको अवस्था छ। भुकम्पका घाउहरू नसेलाउँदै बाढीपहिरोले फेरि केहि पहाडि भेगहरू र विशेष गरि तराईक्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । २०७४ साल श्रावण २७ गतेदेखि लगातार तीनदिनसम्म आएको अविरल वर्षाको कारणले २७ वटा जिल्ला धेरै प्रभावित भएका छन्। गृह मन्त्रालय, र IRA को तथ्याङ्क अनुसार,
– बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४३ पुगेको छ।
– वेपत्ता हुनेहरूको संख्या ३० जना
– घाइते हुनेहरूको संख्या ४३ जना
– अस्थायी रूपमा विस्थापितहरूको संख्या ४६१,००० जना (९१,४०० परिवार)
– नष्‍ट भएका घरहरूको संख्या ६५,०००
– प्रभावित हुनेहरूको संख्या   1.7 million ( १७ लाख)
नेपाली सेना र नेपाल प्रहरीहरूबाट उद्धार कार्य तीब्र पारेर ठाउँ ठाउँमा उद्धार गरियो।
बाढीपिडितहरूको लागि सहायता गर्न गृहमन्त्रालयका साथै राजनैतिक दलहरू, विभिन्न समूहहरू, व्यक्तिगत सहयोग गर्नेहरू राहत वितरण कार्यमा लागेका छन्। साथै बाढीपिडितहरूको घरमा भएको फोहर सफा गर्ने कार्यमा धरान इसाई समाजको सकृयतामा भएको छ। इटहरी उपमाहनगरपालिका वडा न १० मा बाढीले घर आँगनमा थुपारेको फोहोर सफा गर्ने र भत्किएका संरचना सफा गर्ने कार्य धरान इसाई समाजले  गरेको कुरा सचिव श्याम शाही ठकुरीले जानकारी गराउनु भएको छ।  धेरैजसो घरहरूमा फोहर भएकोले बस्ने ठाउँ नहुँदा समस्या परेको कुरा पीडितले बताएपछि धरान इसाई समाजले सफा गर्ने कार्यमा सहयोग गरेको थियो।
विहान ९ बजेदेखि बेलुका ४:३० सम्म लगभग १३० जनाको समूहले सरसफाई गर्ने कार्य गरेका छन्।
जुनसुकै ठाउँमा भएका विपत्तिहरूमा स्थानियहरूबाट नै यसरी जुटेर सहयोग गर्दा पीडितहरूलाई धेरै राहत हुन्छ।

Photo by Dharan Isai Samaj

Photo by Dharan Isai Samaj

 

Facebook Comments

Category: NC Photos, News & Events