बिभिन्न जाति बर्ग र धर्म मान्नेहरुले अधिकारको कुरा उठाइ रहेको अवस्थामा पोखरामा अबस्थित नयाँगाउ मण्डलीले यो मामलामा एक कदम अघि पुगिसकेको छ। मिति २०७४ भाद्र १ का दिन नयाँगाउ मण्डलीले एक कार्यक्रमको आयोजना गरी एक अपांग मैत्री शौचालयको समुद्घाटन गरेर अपांग मित्रहरुलाइ अधिकार दिलाउने काममा आफु एक कदम अघि रहेको कुरा साबित गरेको हो । कार्यक्रममा सभा अध्यक्षता उक्त मण्डलीकै पास्टर श्री ग्रीष्म पराजुलीले गर्नु भएके थियो भने आइ. एन. एफ. नेपालका निमित्त कार्यकारी निर्देशक श्री. डा बुद्धी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । करीब ३० जना भन्दा बढी अपांगता भएका मानिसहरु उक्त मण्डलीमा निरन्तर सहभगी हुन्छन् । ति मध्ये अधिकंस शारिरिक अपांगता भएका ब्यक्तिहरु छन् । अब उप्रान्त शौचलय प्रयोग गर्न सहज हुने भयो एक जना व्हील चेयर प्रयोग कर्ताले भन्नु भयो ।
मण्डलीले उक्त अपांग मैत्री शौचालय रु २०५९११ (रु दुइ लाख पाँच हजार नौसय एघार) लागतमा आइ. एन. एफ. नेपाल संग साजेदारी गरी निर्माण गर्नु भएको प्रतिबेदन उसै मण्डलीका एल्डर ताथा लेखापल श्री नारायण श्रेष्ठले पेश गर्नु भएको थियो भने त्यसै कार्यक्रममा उपस्थित आइ. एन. एफ. नेपालएक प्रतिनिधि अमोस ले शौचालयमा व्हील चेयर को चिन्ह टाँगिएको देख्न पाउदा खुशी लागेको र नेपालमा यस्तो चिन्ह टाँगीएको शौचालय बिरैलै देख्न पाइने बताउनु भयो। मन्तब्यकै क्रममा कर्यक्रमको प्रमुख अतिथि डा बुद्धी थापाले नयाँगाउ मण्डली अपांग मैत्री शौचालयको समुद्घाटन पश्चात नेपालकै नमुना मण्डलीमा पर्ने दाबी गर्नु भयो । पोखरमा ७५ भन्दा बढी मण्डलीहरु भएता पनी अपांग मैत्री शौचालय कतै नभएको पनी प्रस्ट्यउनु भयो ।
अन्त्यमा कर्यक्रमको सभा अध्यक्ष पास्टर श्री ग्रीष्म पराजुली ले मनमा धेरै पहिले देखि भएता पनी अपांग मैत्री शौचालयको निर्माण गर्न नसकिरहेको तर आइ. एन. एफ. नेपालको सहयोगमा यो सम्पन्न गर्न सकी मण्डलीमा निरन्तर सहभगी ३० जना भन्दा बढी अपांगता भएका सदस्यहरुलाइ सेवा पुर्याउन सफल हुन सकेकोमा खुशी ब्यक्त गर्नु भयो । कर्यक्रमको सन्चालीका श्री रेबेका के सी का साथै सहभागीहरु सबैलाइ धन्यबाद दिदै प्रार्थनाको साथ कर्यक्रमको समापन गर्नु भयो ।
Discussion about this post