ललितपुर, भदौ ४, नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भएको छ। महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरू भएको छ। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आज ४ गतेदेखि ६ गतेसम्म चल्नेछ । ‘व्यवसायिक पत्रकारिताको आधार: प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ सुरु भएको छ। महाधिवेशनमा भाग लिनका लागि देशभरबाट पत्रकारहरू भेला भएका छन्। २
५ औँ महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाबाट गरी १५ सय १५ जना केन्द्रीय सभासद चुनिएका छन्। महासंघको विधानको व्यवस्था अनुसार केन्द्रीय सभासदहरूको मतदानबाट ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छन्। महासंघमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, ६ जना सचिव र एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुन्छन्। महासंघमा ३६ जना उदस्यहरू हुन्छन्।
महासंघको निर्वाचन तालिका अनुसार मतदान ५ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मतगणना महासंघको सचिवालय, सञ्चारग्राममा हुनेछ।
Discussion about this post