काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (Secondary Education Examinations) को नतिजा प्रकाशित भएको छ। परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित गरेको छ। देशभरबाट नियमित र आंशिकतर्फ ४ लाख ६३ हजार १६६ परीक्षार्थी सहभागी भएका थिए।
नियमितबाट ३.६५-४ ग्रेड पोइन्ट एभरेज ल्याउने विद्यार्थीको संख्या ४ हजार २८४ रहेको छ।
त्यस्तै जिपिए ३.२५–३.६० ल्याउने ४२ हजार ४२७ रहेका छन्। २.८५– ३.०२ ल्याउने ५० हजार ६४६, २.४५–२.८० ल्याउने ६१ हजार ९५५, २.५–२.४० ल्याउने ९१ हजार ३१४, १.६५–२.०० ल्याउने १ लाख ८ हजार ४६४ जना विद्यार्थीले जिपिए ल्याएका छन् । त्यसैगरी ६४ हजार ५७७ विद्यार्थीले १.२५–१.६० ग्रेड प्राप्त गरेका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार, यो जिपिए प्रणालीमा नतिजा प्रकाशित भएकाले कोहि पनि फेल भएको छैन।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
Discussion about this post