हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा निर्वाचित मीना लामालाई हार्दिक बधाई छ । मिना लामा नेकपा एमालेबाट उपमेयरमा पदमा २३४३७ ल्याएर निर्वाचित भएकिछिन्। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका बलराम बलले १७०११ मत प्राप्त गरेका छन्। मिना लामा पेन्टिकोष्टल चर्च हेटौडाकी सदस्य हुन्। उनि सामाजिक कार्यमा र पार्टीमा निकै सक्रिय छन्। हेटौडा उपमहानगरपालिका निर्वाचित मेयर हरिबहादुर महत र उपमेयर मीना लामाले शपथ ग्रहण गरेका छन्। जिल्ला समन्वय समितिको परिसरमा भएको कार्यक्रममा देश र जनताको साक्षी राखि उनीहरुले शपथ ग्रहण गरेका हुन् । मेयर र उपमेयरलाई संविधान बमोजिनम प्रमुख निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराएका हुन् ।
Discussion about this post