धादिङ- स्थानीय तह निर्वाचन २०७४ (प्रथम चरण) मा प्रदेश नं ३ अन्तर्गत धादिङ जिल्लाको खनियाबास गाउपालिकाबाट उपप्रमुख पदमा नेपाली कांग्रेसबाट यो माया तामाङले १६६५ मत ल्याएर विजयी हुनुभएको छ। खनियवास गाउपालिका वडा नं ४ निवासी श्रीमती यो माया तामाङले भोक्टेनी चर्चमा विगत १२ वर्षदेखि मुख्य अगुवाको (पास्टरीय सेवा) काम गर्दै आउनु भएको छ। उपप्रमुखमा निर्वाचित यो माया तामाङलाई हार्दिक वधाई तथा शुभकामना छ।
खनियाबास गाउँपालिका प्रमुमा निर्वाचित नेपाली काँग्रेसका रणबहादुर तामाङले १६४६ मत ल्याएर निर्वाचित हुनुभएको छ।
खनियाबास गाउपालिका प्रमुखमा एमालेबाट प्रदीप फ्युवाले उम्मेद्वारी दिनुभएको थियो भने माओबादी केन्द्रबाट सेकेमान तामाङले प्रमुखमा उम्मेद्वारी दिनुभएको थियो। एमाले र माओबादी केन्द्रबाट गाउपालिका प्रमुखमा उम्मेद्वारी दिने दुवैजना वृचेत अभिषेक चर्चका सदस्यहरू हुन्।
धादिङ जिल्लाको विभिन्न क्षेत्रमा इसाईहरू विभिन्न पदमा निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ।
Discussion about this post