क्वाईनोनीया पोखरा ख्रीष्टिय मण्डलीमा दुई दिने अनुग्रह र विश्वास सम्मेलन भव्यतताका साथ सम्पन्न

[ 0 ] April 13, 2017 |

३१ चैत, पोखरा । क्वाईनोनीया पोखरा ख्रीष्टिय मण्डलीको आयोजनामा दुई दिने अनुग्रह र विश्वास सम्मेलन भव्यतताका सम्पन्न भएको छ । जिरो किलो स्थ्ति pohक्वाईनोनीया पोखरा ख्रीष्टिय मण्डलीमा भएको उक्त सम्मेलनमा धादिङ र गोरखा गरी १० वटा विभिन्न मण्डलीबाट पास्टर, अगुवा, युवा तथा जवान र विश्वासीहरु गरी ८० जनाको सहभागिता रहेको थियो ।ph 1

अनुग्रहमा जिउनेहरुले पाप गरिरहदैनन किनकी अनुग्रहमा जिउनु चाहिँ ख्रीष्टको अधिनमा जिउनु हो भन्ने प्रमुख विषयबस्तु रहेको सो सम्मेलनको प्रमुख वक्ता भने इम्प्याक्ट जेनेरेसन मण्डलीका बरिष्ठ पास्टर शामुएल तामाङ हुनुहुन्थ्यो।

सुमन कोईराला, मन्जिल श्रेष्ठ र प्रेम तामाङ रहेको सांगितिक झुण्डले आराधनाको अगुवाई गरेको सो सम्मेलनमा पवित्रआत्माको सेवकाई भएको थियो भने उक्त सम्मेलनबाट सहभागी धेरै जना आशिषित भई पवित्र आत्माबाट भरिपुर्ण भएर अन्य भाषा र छुटकारा समेत पाएको बताएका छन् ।

Facebook Comments

Category: News & Events