नेपाली ख्रिष्टियनहरुले पश्चिमेली ख्रिष्टियनहरुलाई बाईबलिय प्रभाव तुल्याउने केही उपायहरु

[ 0 ] April 7, 2017 |

थोमस बोगटी।लेखक

२५,चैत्र काठमाडौं । हामी नेपाली ख्रिष्टियनहरुलाई अरु नेपालीहरुले पश्चिमेली परम्परा अङ्गालेको भनेर आरोप लाएको हामीहरु माझ बिधितै छ। यसले गर्दा हामीलाई समय–समयमा ठूलो चोट Thomasपरीरहेको छ किनभने यो गलत आरोप हो भनी हामी जान्दछौ तर पनि केही हदसम्म हाम्रा अविश्वासी नेपाली दाजुदिदिहरुले ठीकै पनि भनिरहेका छन् किनभने नेपाली ख्रिष्टियनहरुले अवश्य पनि पश्चिमेली देशका ख्रिष्टियनहरु सरह परमप्रभुको सेवा गर्दै आएका छौ जुन बाईबलिय शिक्षा र परम्परासँग बिमेल हुन पुगेको छ।

यस अनुरुप हामीले विचार गर्दा हाम्रो नेपाली अख्रिष्टिय समाझले झुटो आरोप नलगाएर उल्टो हामीहरुलाई बाटो पो देखाउन खोजेका हुन भन्नु कतिको जयाज छ त्यसको अनुमान हामीलाई भएको छैन। तर नेपाली ख्रिष्टियनहरु मात्र नभई प्राय जस्तो नेपालीहरु पश्चिमेली परम्परामा अप्रत्यक्षरुपमा समलग्न भईसकेका छन् भनी हामी आफ्ना अविश्वासी नेपालीहरुको मुख चुप गराउन सक्छौ। बरु नेपाली ख्रिष्टियनहरुले साँचो बाईबलिय परम्पराहरु अङ्गालेर पश्चिमेली देशका परम्परा र अविश्वासी नेपालीहरुले पछयाएको गोराहरुको अबाईबलिय परम्पराहरुको नक्कललाई छोडी सम्पुर्ण नेपालीहरुको बिच एक देशप्रेमीको उदाहरण प्रस्तुत गर्न सक्छौँ। यसो गर्दा हामी नेपालहरुबीच मात्र नभई पश्चिमेली देशहरुको मानिसहरुमा पनि बाईबलिय प्रभाव पारी एक साँचो ख्रिष्टभक्तको गवाही प्रस्तुत गर्न सक्छौँ।

Facebook Comments

Category: Articles