अल्फा बप्तिस मण्डलीको नव निर्मित भवनको उद्घाटन सम्पन्न

[ 0 ] March 30, 2017 |

१७ चैत, सिन्धुपाल्चोक । वि.सं. २०६५ सालमा स्थापना भएको सिन्धुपाल्चोक जिल्लास्थित खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा २०७२ बैशाख १२
alpoगते शनिबार गएको विनाशकारी महाभूकम्पले भत्किएको मण्डलीको नव निर्मित भवन मंगलवार चैत्र १५ मा उद्दघाटन गरिएको छ। सबैमा स्मरण रहोस की खाडिचौरमा रहेको अल्फा बप्तिस मण्डलीको तीन तल्ले भवन पूर्णरुपमा बैशाख १२ मा भत्किनुका साथै उक्त भवनमा ५ जनाले ज्यान गुमाएका थिए ।

करिब १५० जनाको उपस्थिति रहेको उक्त उद्दघाटन कार्यक्रममा स्थानिय मण्डलीका विश्वासीहरु, छिमेकी मण्डलीका प्रतिनिधी साथै छिमेकीहरु, मण्डलीका अगुवाहरु, पाहूना तथा नेपाल बप्तिस मण्डली परिषद्का प्रतिनिधीहरु समेत हुनुभएको थियो ।
सो उद्दघाटन कार्यक्रमको संचालन स्थानिय मण्डलीका संस्थापक पा. सिताराम श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य पास्टर सुमन श्रेष्ठले गर्नुभएको थियो । नव निर्मित भवनको उद्दघाटन नेपाल बप्तिस मण्डली परिषद्का कोषाध्यक्ष पा. राजेन्द्र मल्ल, मिशनरी जोसुवा र बिदेशी पाहूना पास्टर झाङ्गले गर्नुभएको थियो भने भवन समर्पणको प्रार्थना पनि परिषद्का कोषाध्यक्ष पा. राजेन्द्र मल्लले नै गर्नुभएको थियो ।

महाभूकम्पबाट अधिकांश मानिसहरु विस्थापित भएका र विश्वासीहरु पनि धेरै जसो सो स्थान छोडी काठमाण्डौ उत्यकाका साथै अन्य स्थानमा सरेपछि त्यहाँ भएका विश्वासीहरु पालमा नै संगति गर्न बाध्य थिए । भवनको अभाव पछि त्यहाँ भएका केही विश्वासीहरु पनि संगति नै गर्ने वा नगर्ने दोधारमा रहेका थिए । यद्यपी भएका थोरै विश्वासीहरुको हृदय र जोशमा दाताको सहयोगबाट एक तल्ले आराधना सेवा संगतिको भवन र पास्टरको निम्ति दुईकोठे आवास निर्माणकार्य सम्पन्न भएको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4