निशान्त श्रेष्ठलाई पाँचौ खुला बुद्धिचाल प्रतियोगिता २०७३ को उपाधि

[ 0 ] March 30, 2017 |

१७ चैत्र ०७३, नेपालगंज । युथ सेन्टर बाँकेको आयोजनामा दुई दिन सम्म नेपालगञ्जको ज्योती निवास चर्चमा सञ्चालन गरिएको पाँचौ खुला बुद्धिचाल प्रतियोगीता २०७३ को Nisant shresthaउपाधि निशान्त श्रेष्ठले हात पारेका छन् । प्रतियोगितामा पशुपतिनाथ योगी दोस्रो, विष्णु गिरी तेस्रो भएका छन् भने प्रेम सोमइ चौथो भएका छन् । त्यस्तै ५० बर्ष भन्दा माथिमा जगत बहादुर थापा, १६ बर्ष मुनिमा अपर्न शाह विजयी भएका छन् ।

समापन कार्यक्रममा युथ सेन्टर बाँकेका अध्यक्ष बेन्जामिन श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिकाका कार्यक्रम अधिकृत कृष्ण प्रसाद श्रेष्ठले उनिहरुलाई नगद पुरस्कार ४ हजार, ३ हजार २ हजार, १ हजार र ५ सय सहित प्रमाणपत्र पनि वितरण गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथी कृष्ण प्रसाद श्रेष्ठले इन्डोर भित्र खेलिने खेल बुद्धिचाल भएकोले पनि यस खेलप्रति कसैको नजर नगए पनि संस्थागत रुपमा यस्तो प्रतियोगिता सञ्चाल गर्नुले चेस खेलप्रति खेलाडीको सक्रियता बढ्ने बताउनुभयो ।
जोशीले चेस खेलप्रति आर्कषण गर्न र यस खेलको जर्गेना गर्नको लागि सम्बन्धित निकायलाई दवाव हुने बताउनुभयो । दुई दिन सम्म सन्चालन भएको प्रतियोगितामा बाँँके, बर्दिया तथा नेपाल प्रहरीका २० जना खेलाडीको सहभागिता रहेको थियो ।

Facebook Comments

Category: News & Events