काठमाडौं- चैत्र १४, “तिमी एक उदाहरण बन…” भन्ने मुल विषयमा केन्द्रित रहेर दक्षिण भेगिय ख्रीष्टियन युवा संगति(सिफ)काे आयोजनामा साताैं युवा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैंको दक्षिणभेग स्थित अाराधना जागृति मण्डली खहरेमा सम्पन्न उक्त कार्यक्रममा दक्षिणभेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूकाे सहभागिता रहेकाे थियाे । विगत सात वर्षदेखि साे युवा उत्प्रेरणा कार्यक्रम र्दै अाएकाे संगतिमा जिमका राष्ट्रिय निर्देशक वक्ता जाेमेश तामाङले युवाहरूकाे विचमा न्यायकर्ताकाे पुस्तकबाट सिमसनकाे जीवनलाई उदृत गर्दै निकैनै उत्साहपुर्ण र चुनाैतिपुर्ण परमेश्वरकाे वचन बाेल्नुभएकाे थियाे । परमेश्वरले सिमसनलाई जुन महान कार्यकाे निम्ति नियुक्त गर्नुभएकाे थियाे,त्यस्तै महान काम हामीबाट पनि हुनुपर्छ र महान परमेश्वरले हामीलाई ठुलाे अनि महान कामकाे लागि पठाउनुभएकाे हाे भन्दै संसारकाे भद्रगाेलकाे विचमा गएर अल्झिने हाेइन तर अाफ्नाे दर्शन र परमेश्वरले दिनुभएकाे बाेझलाई अादरका साथ लिएर उहाँकाे मार्गमा हिँड्न वक्ताले उत्प्रेरणा दिनुभयाे ।
तामाङले युवाहरूले दक्षिणभेगका सबै युवाहरूलाई अहिले जाेश र शक्ति भएकै अवस्थामा प्रभुमा बलियाे भएर अघि बढ्न र सँधै उहाँकाे मार्गमा हिडँन सकुँ भनि प्रार्थना गर्न उत्साह दिनुभयाे । कार्यक्रममा युथ लिडर विकास परियारकाे नेतृत्वमा रहेकाे सिफ संगित झुण्डले आराधना सेवामा अगुवाई गरेको थियो। कार्यक्रममा न्यान्सी भगतले अाे.एम. इन्टरनेसनल अन्तर्गतकाे लाेगाेस हाेप अाे.एमसिपमा दुइ वर्षसम्म रहँदाकाे अनुभव र अाफ्नाे जीवनकाे गवाही सहभागीहरूमाझ दिनुभएकाे थियाे । दक्षिण भेगिय ख्रीष्टियन युवा संगतिकाे विगत देखि वर्तमान र अबकाे याेजनाहरूकाे बारेमा सल्लाहकार एवमं संगतिका भु.पू. अध्यक्ष श्याम सुनारले प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा सिफ अध्यक्ष पास्टर सुकुदेव थापा मगरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएसंगै प्रमुख अतिथि पास्टर सिमाेन राेक्काले केही उत्साहकाे भनाइ राख्नुभएकाे थियाे । स्मरणिण छ, दक्षिण भेगिय ख्रीष्टियन युवा संगति “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै काठमाडाैंको दक्षिणभेगका मण्डलीका युवाहरूको विचमा समन्वय गर्दै अघि बढेकाे युवा समुह हो। अाराधना जागृति मण्डलीकी सेविका मनिता नेपालीले संयाेजन गर्नुभएकाे कार्यक्रमलाई युवा सेवक सुशिल विशुन्केले कुशलताका साथ सञ्चालन गर्नुभएकाे थियाे ।
Discussion about this post