ख्रीष्टमा पहिचानको विषयमा सम्मेलन

[ 0 ] March 26, 2017 |

१३ चैत, पोखरा । शुक्रवार ११ गते आशिष मण्डली, पोखराको आयोजनामा महान आज्ञाको लागि प्रज्वलित पाष्टर तथा अगुवाहरुलाई लक्षित गरी बाइबलिय चङ्गाई र sarojख्रीष्टमा पहिचानको बारेमा सत्यता बुझने विषयमा आधारित १ दिने सम्मेलन सम्पन्न भएको छ ।
कास्की जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव ६० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त सम्मेलनको प्रमुख वक्ता भने प्रशस्त जीवन सेवकाई नेपाल मण्डलीका पास्टर सरोज क्षेत्री हुनुहुन्थ्यो । उनका अनुसार अहिलेको अवस्थामा धेरै मण्डलीहरु विभिन्न रोगबाट ग्रसित छन् ती रोगबाट कसरी निको भई परमेश्वरको महान आज्ञा पुरा गर्ने भन्ने अहिले नितान्त बाइबलीय सत्यता आवश्यक रहेकोले सो सम्मेृलन आयोजना गरेको उनले बताए । उक्त सम्मेलनबाट धेरै पाष्टर तथा अगुवाहरु सेवकाईको लागि उत्साहित र उत्प्रेरित सहभागीहरुले बताएका छन् ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4