गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन

[ 0 ] March 23, 2017 |

१० चैत, गोरखा । गोरखाको छेबेटार एकता मण्डलीमा एक भब्य कार्यक्रम आयोजना गरी गाएक धिरज लामाको एकल गिति एल्बम “पिताको प्रेम” विमोचन गरिएको छ ।
1विभिन्न छिमेकी मण्डलीहरुको पाष्टर र एल्डर तथा जवान अगुवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा न्यु होप र्चच, अमेरिकाका पाष्टर रोड, र जिम नेपालका राष्ट्रिय निर्देशक जोमेश तामाङ संगै अरु थप ३ जना पाष्टर एल्डरको बाहुलीबाट एल्बम विमोचन गरी प्रार्थना गरिएको थियो ।

सो विमोचन कार्यक्रममा गाएक तथा रचनाका2र धिरज लामाले विमोचित एल्बमको ५ नम्बर ट्रयाकमा रहेको “धन्यवाद दिन्छु” बोलको गित गाएर सुनाउनुका साथै यो एल्बम खास गरी युवा पुस्तालाई लक्षित गरी निकालिएको र यो एल्बममा रहेको सम्पुर्ण गितहरुले पिता परमेश्वरको नै महिमा हुने पनि गाएक तथा रचनाका लामाले हामीलाई बताउनुभयो ।
सो एल्बममा रहेको सबै ८ वटा गितहरुमा गाएक धिरज लामाको शब्द र संगित रहेको छ । एल्बमको एउटा गितमा सुवर्ण पुनको स्वर रहेको छ र अर्को गितमा भने सुमिना तामाङले स्वरमा साथ दिएकी छिन् बाँकी अरु सबै गितहरुमा गाएक धिरज लामाकै स्वर संगित रहेको छ । पोखराको एपोस्टल रेकर्डिङ स्टुडियोमा रेर्कड गराईएको उक्त एल्बम “पिताको प्रेम” गितका गाएक, रचनाकार तथा संगितकार धिरज लामा नेपाली ख्रीष्टियन सांगितिक दुनियाँमा एक आशा बोकेको गाएक तथा संगितकार हुनुहुन्छ । साथै उहाँ टेबरनिकल ब्लु प्रिन्ट झुण्डको भोकलिष्ट पनि हुनुहुन्छ ।

Facebook Comments

Category: News & Events