निरोज तोलाङे
९ चैत, धनगढि । कलवरी मण्डली धनगढि, कैलालीको आयोजनामा चैत्र ७ गते देखि सुरु भएको पश्मिाञ्चल छोरी मण्डली सम्मेलन २०७३ आज ९ गते ३ दिन सम्म क्वाइनोनिया मण्डली भैरहवा, रुपन्देहीको भवनमा भव्य रुपमा सम्पन्न भएको छ ।
उक्त सम्मेलनमा नेपाली पाष्टर अगुवाहरुलाई मिशन फिल्डमा थप उत्साह प्रदान गर्न र सिकाउन भारतबाट एक विशिष्ट व्यक्ति प्रमुख वक्ताको रुपमा आउनुभएको थियो । सो सम्मेलनमा ९ जिल्लाबाट १९ वटा मण्डलीका करिव ६० जना पाष्टर अगुवाहरुको सहभागीता रहेको र विशेष गरी अहिलेको अवस्थामा नेपालमा कसरी प्रभुको महान आज्ञा पुरा गर्ने भन्ने विषयमा सिकाउन र मिशन फिल्डका कार्यरत पाष्टर अगुवाहरुलाई थप उत्साह प्रदान गर्न र सिकाउन सो सम्मेलन आयोजना गरिएको सुदुरपश्चिम कलवरी मण्डली धनगढिका मिशन चर्च निर्देशक रेभ.जितेन्द्र श्रेष्ठले हामीलाई बताउनुभयो ।
सम्मेलनमा पाल्पा जिल्लाबाट सहभागी भएका ख्रीष्टियन वर्शिप सेन्टर पाल्पाका रेभ. भिम कपडेलले परमेश्वरको सेवा भन्दा रुपैँया पैसा ठुलो होइन त्यसैले परमेश्वरको सेवालाई मुख्य प्राथमिकतामा राखी उहाँको काम गर्नुपर्ने लगाएतका विषयमा सिकाइएको कुरा समेत हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।
Discussion about this post