ग्रेस कन्फरेन्स– २०१७ भव्यतताका साथ सम्पन्न

[ 0 ] March 20, 2017 |

७ चैत, लम्जुङ । मिलाप क्रिएसन मिनिष्ट्रीको आयोजनामा मार्च १९–२० तारेखका दिन लम्जुङ जिल्लाको वेसिशहर स्थित नवशान्ति lamjungए.जि. मण्डलीमा ग्रेस कन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न भएको छ ।
लम्जुङ जिल्लाको विभिन्न मण्डलीका अगुवा, युवा तथा जवान र स्थानिय मण्डलीका करिव १३० जना विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त सम्मेलनको प्रमुख वक्ता भने इम्प्याक्ट जेनेरेसन मण्डलीका पास्टर शामुएल तामाङ हुनुहुन्थ्यो।

सो सम्मेलनमा व्यवस्था र अनुग्रह, वास्तविक ख्रीष्टियन जीवन र सेवकाईमा साझेदारी जस्ता महत्वपुर्ण विषयहरुमा सिकाइएको मिलाप क्रिएसन मिनिष्ट्रीका संस्थापक अध्यक्ष जेम्स तामाङले हामीलाई बताउनुभयो । उक्त सम्मेलनबाट धेरै जनाले शारीरिक र आत्मिक रुपमा छुटकारा समेत पाएको सहभागीहरुले बताएका छन् ।

Facebook Comments

Category: News & Events